रक्षामन्त्रीद्वारा कालापानीको हवाई निरीक्षण

५ फाल्गुन २०७६, सोमबार १३:०७
 

सदरलाइनडटकम,
दार्चुला : कालापानी क्षेत्रको मिचिएको भनिएको नेपाली भूभाग निरीक्षण गर्न सोमवार पुगेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले हेलिकोप्टर बस्न नसकेपछि हवाई निरीक्षण गरेर फर्केका छन् ।
उनले भारतले आफ्नो नक्शामा राखेको कालापानी क्षेत्रको हवाई निरीक्षण गरेका हुन् । कालापानी क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टर बस्न नसकेका कारण उनले हवाइ निरीक्षण गरेको बताइएको छ ।
दार्चुला पुगेका उपप्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा गएका थिए । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्शामा राखेपछि नेपालमा उक्त भूभाग नेपालको रहेको भन्दै भारतविरुद्ध प्रदर्शनसमेत भएको थियो । यसअघि उपप्रधानमन्त्री पोखरेलले नेपालको भूमि एक इञ्च पनि नछाड्ने बताएका थिए ।

Next Post

नेपालगञ्ज महोत्सवमा चर्चित कलाकार आउने

५ फाल्गुन २०७६, सोमबार १३:०७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा हुन गइरहेको ‘दोस्रो नेपालगञ्ज महोत्सव २०७६’का लागि कलाकारहरु फाइनल गरिएको छ । एजी सर्भिस प्रालिको आयोजनामा हुने महोत्सवबारे सोमवार नेपालगञ्जमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कलाकारहरुको नाम फाइनल भएको औपचारिक जानकारी दिएको हो । आयोजकका अनुसार महोत्सवमा रेखा थापा, कमला घिमिरे, भिटेन, पल शाह, पुजा शर्मा, दुर्गेश थापा, […]

सम्बन्धित