डुडुवामा जन्ती घर निमार्ण हुँदै

४ फाल्गुन २०७६, आईतवार १८:२६
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : हाम्रो समाजमा विवाह, ब्रतबन्ध, मुण्डन जस्ता विभिन्न संस्कारहरु हुने गर्दछ । ती संस्कार सम्पन्न गर्दा घरपरिवार, आफन्त, छरछिमेक गाउले, नातागोता तथा इष्टमित्र लगायतलाई बोलाउने गरिन्छ ।
ती कार्यक्रम सम्पन्न गर्दा मंहगो टेन्ट, डिजे, बाजागाजाको प्रयोग गरिन्छ भने गाउँमा भएका विद्यालय, बगैचाको प्रयोग धेरैजसो गरिन्छ । यो सबै अनावश्यक र मंहगो रकम तिनुपर्ने बाध्यता नै बनेको छ स्थानीयबासीलाई ।
बाँके डुडुवा गाउँपालिकाबासीलाई अब त्यो बाध्यता हट्ने भएको छ । गाउँपालिकाले ३ वटा जन्ती घर निमार्ण शुरु गरेको छ । गाउँपालिकाको वार्ड नं. ३ बनकटवा, वार्ड नं. २ कोलही र वार्ड नं. ६ बल्दीपुरवा गाउँमा जन्ती घर निमार्णको कार्य भईरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार ठुलो हल, शौचालय, खानेपानी र कम्पाउण्डसहितको अत्याधुनिक घर निमार्ण हुनेछ ।
जन्ती घरमा करीब ५०० जना अटने क्षमताको निमार्ण हुनेछ । २३ लाखको लागतमा निमार्ण हुने भवनको अपुग बजेट थप गरिने गाउँपालिकाले जनाएको छ । गतवर्षदेखि नै गाउँपालिकाले जन्ती घर निमार्णको कार्य शुरु गरेको हो । यस वर्ष बजेट रकम थप गरि निमार्ण सम्पन्न गरिने अध्यक्ष चौधरीले बताए ।
गाउँपालिका वार्ड नं. १, २ र ३ मा अधिकांश घरहरु कच्ची रहेकाले र ठुला–ठुला भवन र कुनै पनि सामुदायिक भवन नभएकाले गाउँमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमका लागि सहज हुने वडा नंं. १ का अध्यक्ष पटेश्वरी कुर्मीले बताए ।
गाउँपालिकामा अधिकास बस्ती मधेशी समुदायको भएकाले वैवाहिकलगायतका कार्यक्रम गर्दा राती जन्ती राख्न, पार्टी गर्न, भोज भण्डारा, पुजापाठ, धार्मिक ज्ञान महायज्ञ, भजन किर्तन गर्न निकै समस्या रहेको गाउँपालिका २ नं. अध्यक्ष गजेन्द्र कैरातीले बताए । उनका अनुसार वर्षाको समयमा त झन समस्या हुनेभएकाले त्यो समस्याले यसले निराकरण गर्नेछ ।
जन्ती घर निमार्ण भएपछि जन्ती राख्न, सभासमारोह गर्न, विभिन्न सांस्कृतिक कार्यक्रम गर्न सहज हुने विश्वास लिइएको छ । निमार्ण हुने जन्ती घरलाई व्यवस्थितरुपमा सञ्चालन गर्न समुदायस्तरमा नै एउटा समिति गठन गरि समुदायलाई हस्तान्तरण गरिने छ । हस्तान्तरणपछि समुदायले आफै व्यवस्थापन गर्नेछ ।

Next Post

बन तथा बातावरण संरक्षणका लागि सरसफाई अभियान

४ फाल्गुन २०७६, आईतवार १८:२६
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ मा बृहद् सरसफाई अभियान गरिएको छ । पर्यटन वर्ष २०२० को सन्दर्भमा बन तथा बातावरण संरक्षण गर्न सरसफाईको माध्यमले अभियान गरिएको हो । पशुपतिनाथ सामुदायिक बन उपभोक्ता समुह, इलाका प्रहरी कार्यालय कम्दीको संयुक्त पहलमा आइतवार सरसफाई अभियान गरिएको हो । […]