अनशनरत थारुको स्वास्थ्य बिग्रिँदै

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन ३, २०७६       | 103 Views   ||

सदरलाइनडटकम,
कैलाली : तीन दिनदेखि आमरण अनशनमा रहेका थरुहटरथारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या देखिएको छ ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. निराजन दत्त शर्मा पौडेलले लक्ष्मणको शरीरमा सुक्खापनको मात्रा बढ्दै गएको, मुटुको धड्कनमा उतार–चढाव भइरहेको बताए ।
टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीसहित ११ जनाको रिहाइसहित विभिन्न १४ बुँदे माग राख्दै लक्ष्मण धनगढीस्थित क्याम्पसचोकमा आमरण अनशनमा छन् ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ३, २०७६     3:57:49 PM  |