विद्युत प्राधिकरण नेपालगञ्जमा एकद्वार प्रणाली

१ फाल्गुन २०७६, बिहीबार १८:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सेवाग्राहीको सुविधाका लागि एकद्वार प्रणालीको शुरुवात गरेको छ । सेवा प्रयोजनमा प्रक्रियागत कामका लागि विभिन्न फाँट चहार्नु पर्ने समस्याको अन्त्य गर्दै वितरण केन्द्रले एकद्वार प्रणालीको शुरुवात गरेको हो ।
सेवाग्राहीले अबका दिनमा एउटै ठाउँबाट सेवा पाउने वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बिहीवार नेपालगञ्ज वितरण केन्द्रमा एकद्वार प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणमा संस्थागत सुधार आइसकेको उल्लेख गर्दै उनले विद्युत प्राधिकरण ग्राहकमैत्री सेवा प्रवाहमा अघि बढ्ने बताए ।
डिभिजन प्रमुख ठाकुरले ग्राहक मात्र नभई सेवा दिन कर्मचारी स्वयं फाँटहरुमा गएर कार्य सम्पादनमा सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा नेपालगञ्ज वितरण केन्द्र प्रमुख लखनलला मल्लिकले बिहीवारदेखिनै सेवाग्राहीलाई फाँटफाँट चहार्नुपर्ने समस्याको अन्त्य भएको बताए ।

Next Post

नेपालगञ्ज र कोहलपुरमा तीब्र गतिको ईन्टरनेट ‘भायनेट’

१ फाल्गुन २०७६, बिहीबार १८:३४
सदरलाइनडटकम, नेपालगञ्ज :  तीब्र गतिको र शुलभ दरमा ईन्टरनेट सेवा प्रवाह गर्ने योजनाको साथ नेपालगञ्ज र कोहलपुरमा ईन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायनेट’ले आफ्नो उपस्थिति जनाउने भएको छ । ‘भायनेट’ बाँकेका शाखा प्रवन्धक भानुभक्त रेग्मीले आफुहरु विभिन्न प्रतिस्पर्धी कम्पनीहरुको बिचमा तीब्र गतिको ईन्टरनेट सेवा सहित आक्रमक योजनाका साथ नेपालगञ्ज र कोहलपुर […]