१२५ टेब्लेट नाईटोभ्याटसहित तीन सुर्खेती युवा प्रहरी नियन्त्रणमा

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन १, २०७६       | 285 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज   : भारतको रुपैडिहाबाट अबैध् लागू औषध लिएर नेपाल आउदै गरेका सुर्खेतका तीन युवा प्रहरी नियन्त्रणमा परेका छन् ।

सशस्त्र प्रहरीको भन्सार सुरक्षार्थ खटिएको ४० नंम्बर गुल्मको विशेष टोली ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बिहीबार दिउसो पौने ४ बजे १२५ टेब्लेट लागु औषध सहित तीन युवालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले विरेन्द्रनगर नगरपालिका–१ बाँङ्गेसिमलका सुरज नेपाली, अर्जुन शाही र वडानंम्बर २ का टेकराज भण्डारीका साथबाट १०५ टेब्लेट नाईट्रोभ्याट र २० टेब्लेट नाइट्रोसन बरामद गरेको हो ।

प्रहरीले आवश्यक अनुसंन्धान गरी उनीहरु तीनै जनालाई बरमद भएको लागू औषध सहित थप अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाईएको जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १, २०७६     4:47:52 PM  |