काउली बालीमा ‘ब्रिकेट’ युरियाको सफल परीक्षण

२९ माघ २०७६, बुधबार १६:१३
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा सञ्चालित काउली बालीमा मलखाद परीक्षण तथा प्रदर्शनीको बुधवार कृषकहरुले अवलोकन भ्रमण गरेका छन् । युएसएआइडीको आर्थिक सहयोगमा सिमिट इन्टरनेशनल तथा महातरकारी उत्पादन सहकारी संस्था लिमिटेडको साझेदारीमा सञ्चालित प्रदर्शनीको कृषकहरुले अवलोकन गरेका हुन् ।
कृषक दिवसका अवसरमा किसानहरुले गरेको अवलोकन भ्रमणमा युरिया मलभन्दा अर्कै रासायनिक मलखाद प्रयोग गरी गरिएको काउली (फुलगोभी) खेतीले राम्रो उत्पादन दिने बताएका थिए ।


बजारमा पाइने बोरावाला युरिया मलभन्दा ब्रिकेट युरियाले काउली बालीमा उत्पादकत्वका साथै उत्पादनमा समेत बृद्धि हुने अनुमान गरिएको सिमिट इन्टरनेशनल बाँकेका प्राविधिक रोशन शाहले जानकारी दिए ।
काउली बालीमा अन्य रासायनिक मलभन्दा ब्रिकेट युरियाको राम्रो प्रभाव देखिएको महातरकारी उत्पादन सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष जयपाल मौर्यले बताए ।


Next Post

खेसरीलाई ‘बैकल्पिक हिउँदेबाली’को रुपमा खेतीगर्ने बारे अनुसंन्धान गरिदै

२९ माघ २०७६, बुधबार १६:१३
सदरलाइनडटकम, नेपालगञ्ज :  जलबायु परिबर्तनका कारण खेती चक्रमा आएको परिवर्तनसंगै किसानले भोग्नु परेको क्षतिलाई पूर्ती हुने गरी बैकल्पिक खेतिको अनुसंन्धान सुरु गरिएको छ । कोशेबाली अनुसंधान कार्यक्रम खजुरा बाँकेले जलबायु परिवर्तनको कारण हिउदे खेतीमा पछिल्लो समय हुँदै आएको ह्रासलाई पूर्ती गर्ने गरी खेसरी खेतीको अनुसंन्धान सुरु गरेको जनाएको छ । […]

सम्बन्धित