शहिद स्मृति कप फुटबलको उपाधी मानवीलाई

२७ माघ २०७६, सोमबार १८:३८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : चन्द्रज्योति क्लव एल गाउँको आयोजनामा सञ्चालित तेस्रो शहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधी मानवी (एफसी) नेपालगञ्जले जीतेको छ । सोमवार भएको फाइनल खेलमा मानवी (एफसी) र चन्द्रज्योति क्लवबीच निकै प्रतिस्पार्धात्मक खेल भएपनि निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टीबाट निर्णय लिइएको थियो ।
पेनाल्टीमा मान्वीले ५ गोल र आयोजक चन्द्रज्योतिले ३ गोल गरेका थिए । प्रतियोगितामा आयोजक क्लवले दोस्रो स्थान हात पार्न सफल भएको छ । उपाधीसंगै मानवी (एफसी) नेपालगन्जले ४० हजार राशीको पुरस्कार हात पारेको छ । प्रतियोगितामा दोस्रो हुने आयोजक टीमले २० हजार पुरस्कार प्राप्त गरेको क्लवका सल्लाहकार तथा सचेत युवा मञ्चका संयोजक मनप्रकाश रेग्मीले जानकारी दिए ।
सोमवार आयोजित समपान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, विशिष्ट अतिथि पूर्व सिचाई राज्यमन्त्री दलबहादुर सुनार, खजुरा गाउँपालिका वडा नं. २ का अध्यक्ष देविलाल खनाल, नेकपाका युवा नेता रत्न खत्रीले विजेता र उपविजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Next Post

डिभिजन वन कार्यालय दाङ्गमा कर्मचारी अभाव

२७ माघ २०७६, सोमबार १८:३८
सदरलाइन / टोपेन्द्र रोका मगर दाङ : डिभिजन वन कार्यालय दाङमा कर्मचारी अभाव देखिएको छ । १ सय १० जनाको दरवन्दी रहेको कार्यालयमा ४८ जना कर्मचारी अभाव रहेको कार्यालयले जनाएको छ । शाखा अधिकृत मिनराज पाण्डेले दिएको जानकारी अनुसार सबै भन्दा बढी बन रक्षकको अभाव रहेका छन । बन रक्षकमा […]