डिभिजन वन कार्यालय दाङ्गमा कर्मचारी अभाव

२७ माघ २०७६, सोमबार १८:५०
 

सदरलाइन / टोपेन्द्र रोका मगर
दाङ : डिभिजन वन कार्यालय दाङमा कर्मचारी अभाव देखिएको छ । १ सय १० जनाको दरवन्दी रहेको कार्यालयमा ४८ जना कर्मचारी अभाव रहेको कार्यालयले जनाएको छ ।
शाखा अधिकृत मिनराज पाण्डेले दिएको जानकारी अनुसार सबै भन्दा बढी बन रक्षकको अभाव रहेका छन । बन रक्षकमा ४९ जनाको दरबन्दी रहे पनि अहिले २३ जनाको कोटा खाली रहेको छ ।
कर्मचारी अभावले गर्दा अन्य कर्मचारीलाई मार पर्ने गरेको उनले बताए । कही कर्मचारी करारमा राखेर काम गर्ने गरेको भए पनि दरबन्दी अनुसार कर्मचारी अभावले समग्रमा बनको हेरचाहामा समस्या आउने गरेको पाण्डेले बताए ।
त्यस्तै सशस्त्र वन रक्षकमा पनि १६ जनाको दरबन्दी रहेकोमा ६ जनामात्र करारमा रहेको र अन्य खाली रहेको छ । हवल्दारमा ४ जनाको दरबन्दी रहेकोमा ४ जना नै खाली रहको छ ।
डिभिजनल वन कार्यालय देउखुरीमा पनि कर्मचारी अभाव रहेको छ । यस कार्यालयमा पनि १ सय १० जनाको दरबन्दी रहेकोमा ४०÷५० जनाको कोटा खाली रहेको कार्यालय प्रमुख प्रविन विडारी बताउछन ।
‘कर्मचारी अभाव छ’, उनले भने–‘११० जना कोटा रहेकोमा ५०/६० जनाको भरमा काम भएको छ, जसले गर्दा काममा समस्या हुने गरेको छ।’
यसैबीच राप्ती गाउँपालिमा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको मिलोमतोमा अबैध रुपमा रुख काटिएको छ । वडा नम्बर ३ मसुरियामा रहेको घण्टदेव सामुदायिक वन भित्र लगाइएको ५४ वटा मसलाको रुख शुक्रबार काटिएको जनाइएको छ ।
रुख काटिएको विषमा कार्वाही प्रकृया अगाडि बढाइएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख विडारीले जानकारी दिए ।
उनले दोषीमाथि कार्वाही हुने बताए । ‘रुख काट्न संलग्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षलाई पत्र पठाएका छौँ र यस विषयमा अनुसन्धान जारी राखेका छौँ’ प्रमुख विडारीले भने ‘दोषीलाई कार्वाही गर्ने छौँ ।’
उनले आफु यहाँ आएको धेरै नभएको बताउदै देउखुरी क्षेत्रका वनमा हुने चोरी निकासीलाई रोक्न कटिबद्ध भएर लागेको समेत बताए । प्रतिकात्मक फोटो : गुगलबाट 

Next Post

जनशक्तिको अभावका कारण उजुरी फर्च्योटमा समस्या

२७ माघ २०७६, सोमबार १८:५०
सदरलाइनडटकम, नेपालगञ्ज :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जमा आवश्यक जनशक्तिको अभावमा उजुरीको चाङ्ग लाग्ने गरेको छ । जनशक्तिको अभावका कारण उजुरी फर्च्योटमा समस्या हुने गरेको छ । अख्तियारको २९ औं स्थापना दिवस मनाउने क्रममा पत्रकारसँग भेटघाट तथा सुझाव संकलन कार्यक्रमा अवसरमा बोल्दै कार्यालय प्रमुख गणेश गैरेले […]