खजुरामा भोलीदेखि शैक्षिक महोत्सव हुँदै

२७ माघ २०७६, सोमबार १७:४१
 


सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा मंगलवारदेखि दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ शुरु हुन लागेको छ । खजुरा क्षेत्रका सामुदायिक, निजी र मदरसा गरी शैक्षिक महोत्सवमा ६७२ विद्यार्थी सहभागी हुँदैछन् ।
नेरा मावि मनकमनापुरको व्यवस्थापनमा हुने महोत्सवको तयारी पूरा भएको व्यवस्थापन विद्यालयका प्रधानाध्यापक केदार पाठकले जानकारी दिए । शैक्षिक महोत्सवलाई सफल बनाउन खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा सञ्चालन व्यवस्थापन समिति निर्माण गरिएको छ ।
आधारभूत तह कक्षा १ देखि ५ सम्म १९३ जना, आधारभूत तह कक्षा ६ देखि ८ सम्म २७१ जना, माध्यमिक तह ९–१० कक्षाका १९३ जना र माध्यामिक तह (११–१२) कक्षाका १५ जना विद्यार्थीले सहभागिता जनाउने गरी ६० विद्यालय दर्ता भएको दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ सचिवालय संयोजक मित्रलाल सापकोटाले जानकारी दिए ।
शैक्षिक महोत्सवमा पठनबोध, अनुलेखन, चित्रकला, एकल नृत्य, हाजिरीजवाफ, कविता लेखन, एकल गायन, सामुहिक नृत्य, वक्तृत्वकला, नियात्राः कक्षा ९ र १० का विद्यार्थीवीच, निवन्ध लेखन, वादविवाद गरी १७ इभेन्टमा प्रतिस्पर्धा गराइने शिक्षा समिति सदस्य ऋषिराम सापकोटाले जानकारी दिए ।
महोत्सवले विद्यार्थीभित्र लुकेका प्रतिभा प्रष्फुटन भई अतिरिक्त क्षेत्रमा उनीहरुको क्षमता अभिवृद्धि हुने विश्वास लिइएको खजुरा गाउँपालिका स्रोत शिक्षक टंक दाहालले बताए । विहान १० बजेदेखि शुरु हुने शैक्षिक महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तवले गर्ने बताइएको छ ।

Next Post

खजुरा गाउँपालिकास्तरीय बालअधिकार समिति पुनःगठन

२७ माघ २०७६, सोमबार १७:४१
सदरलाइनडटकम, खजुरा (बाँके)  : प्लान नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्वारा बाँके जिल्लामा सञ्चालन गरिएको बालिका संरक्षण परियोजनाको पहलमा खजुरामा बालअधिकार समितिको पुनःगठन गरिएको छ । पालिकास्तरीय सो समितिको पुनःगठन गर्नका लागि आयोजना गरिएको सो कार्यक्रममा पालिकाका सबै सरोकारवालाको सहभागिता रहेको भेलाले गाउँपालिकाका उपप्रमुख एकमाया विकको संयोजकत्वमा पालिकास्तरीय बालअधिकार समितिको […]

सम्बन्धित