बाँकेमा लागुऔषध कारोबारको भयावह स्थिती

२६ माघ २०७६, आईतवार १८:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा प्रहरीले गत सात महिनामा १ सय ५९ जना लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पछिल्लो सात महिनामा १ सय ८ मुद्दामा ६ भारतीय नागरिकसहित १ सय ५९ जनालाई पक्राउ गरेको हो ।
जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरिक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । चालु वर्षको हालसम्म ब्राउनसुगर ६०८ ग्राम ७४५ मिलिग्राम, चरेश ९९० ग्राम, अफिम ४ किलो, गाँजा ४ किलो ७७५ ग्राम, कोरेक्स ३ सय एम.एल., नाईट्राजेपाम ट्याब्लेट २ हजार ६ सय १२ थान, ट्रामाटस २ सय १० थान र एम्पुल २ सय ९५ थान नियन्त्रणमा लिईएको छ ।
आर्थिक वर्ष ०७३/०७४ मा १३७ आगुऔषध मुद्दामा १ सय ८०, आर्थिक वर्ष ०७४/०७५ मा १४५ मुद्दामा ३१० र आर्थिक वर्ष ०७५/०७६ मा २४९ मुद्दामा ३७६ जना लागुऔषध कारोवारी तथा प्रयोगकर्ता नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख बिर बहादुर वलीले जानकारी दिए ।
यसैबीच प्रतिबन्धित इन्जेक्शनसहित नेपालगञ्जम आइतवार बिहान पनि एक जना पक्राउ परेका छन् । डाईजेपाम ९५, लोरी १ सय र ईमिमिग्रेन १ सय थान ईन्जेक्शन मिठाईको बट्टामा लुकाएर ल्याउँदै गरेका नेपालगञ्ज–२ घरबारीटोलका २२ बर्षीय नगेन्द्र राना पक्राउ परेको प्रहरीले जनाएको छ ।

Next Post

जानकी गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका मुक्त बनाउन पहल

२६ माघ २०७६, आईतवार १८:३१
सदरलाइनडटकम, जानकी (बाँके)  : बाँकेको जानकी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने पहल गरिने भएको छ । बाल विवाह रोकथामका लागि अभिभावकलाई अभिभावक शिक्षा बारे जानकारी दिन आयोजित कार्यक्रममा सो पहल गरिने भएको हो । जानकी गाउँपालिकाको स्थानीयहरुले बाल विवाह अन्त्य गर्नका लागि कार्य योजना समेत निर्माण गर्दै बालबिबाह मुक्त पालिका बनाउन […]