एम्बुलेन्समा भेटियो मारेको चित्तल

२६ माघ २०७६, आईतवार १६:४६
 

सदरलाइनडटकम,
बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले हस्तान्तरण गरेको एम्बुलेन्समार्फत वन्यजन्तु ओसारपसार गर्ने गरेको पाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलाशैनी गाउँपालिकालाई हस्तान्तरण गरि सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने गरेको भेट्टिएको हो ।
आइतवार कञ्चनपुरवाट फर्केर डिलाशैनी गाउँपालिकातर्फ जाँदै गरेको सु. प. प्र. ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल मारेर ल्याएको भेट्टिएको हो । दिउँसो १ बजे इलाका प्रहरी कार्यालय दार्चुलाले जाँच गर्दा एम्बुलेन्समा चित्तल भेट्टिएको प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए ।
कञ्चनपुरबाट फर्किदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको एम्बुलेन्स चालक महेश बोहराले प्रहरीसमक्ष बयान दिएका छन् ।

Next Post

बाँकेमा लागुऔषध कारोबारको भयावह स्थिती

२६ माघ २०७६, आईतवार १६:४६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा प्रहरीले गत सात महिनामा १ सय ५९ जना लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पछिल्लो सात महिनामा १ सय ८ मुद्दामा ६ भारतीय नागरिकसहित १ सय ५९ जनालाई पक्राउ गरेको हो । जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरिक रहेको जिल्ला प्रहरी कार्यालय […]