शिवको शव भेटियो, पासी मृत फेला

२६ माघ २०७६, आईतवार १४:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : छुट्टाछुट्टै दुर्घटनामा बाँकेमो दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२, पुरैनीका बिहारीलाल पासीका छोरा २२ बर्षीय मनोज पासी नेपालगञ्ज वडा नम्बर ६, हुलाकी सडकस्थित नालामा आइतवार बिहान मृत भेटिएका छन् ।
मृतक पासी सडकको छेउमा रहेको नालामा डुबेको अवस्थामा फेला परेको र मृतकको नजिकै दुर्घटनाग्रस्त भे २ प ३३७८ नम्बरको मोटरसाइकलसमेत फेला परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । मृतक पासीका अफन्त बालकृष्ण पासीका अनुसार उनको आइतवार तिलकोत्सव कार्यक्रम रहेको र फागुन ९ गते छिमेकमै बिहे हुने तय भएको थियो ।
आफन्तका अनुसार उनी आईतवारराती १० बजेसम्म आफ्नै घरमा रहेको र अरुको मोटरसाइकल पुर्याउन जान्छु भनेर रातीनै घरबाट हिँडेका थिए । बिहानै स्थानीयले नालामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयामा शनिवार वनभोज खान जाँदा नदीमा डुबेर वेपत्ता भएका कोहलपुर–१२, चप्परगौडीका शिव शर्माको आईतवार बिहान राप्ती नदीमा शव भेटिएको छ ।
कोहलपुर घर भई अगैयामा पसल गर्दै आएका शर्मा शनिवार अगैयामा वनभोज खान जाँदा पौडी खेल्न भनि राप्दी नदीमा पसेका थिए । नदीमा वेपत्ता भएका शर्मालाई शनिवार दिनभरी स्थानीय र प्रहरीले खोजतलास गरेपनि भेटाउन सकेका थिएनन् ।
आईतवार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको गोताखोर टोलीले उनको शवलाई राप्ती नदीमा फेला पारेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

Next Post

एक महिने स्वस्थानी व्रत आज समापन हुँदै

२६ माघ २०७६, आईतवार १४:१६
सदरलाइनडटकम, नेपालगञ्ज : पुष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आइतवार समापन गरिँदैछ । पुष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आइतवार व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच […]