हात्तीपाईले रोगविरुद्धको राष्ट्रीय अभियान शुरु

२५ माघ २०७६, शनिबार १३:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : हात्तीपाईले रोग नियन्त्रण राष्ट्रीय अभियानअन्तर्गत शनिवार बाँकेमा प िनहात्तीपाइले रोगविरुद्धको औषधि खुवाईंदै छ । नवौँ पटक औषधि खुवाउँदा समेत हात्तीपाईले रोग नियन्त्रण नभएपछि बाँकेमा दशौँ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको हो ।
फागुन ५ गतेसम्म सञ्चालन हुने अभियानको पहिलो दिन शनिवार एक कार्यक्रमका बीच जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि एवं सञ्चारकर्मीहरुले संयुक्तरुपमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरी अभियान शुरु गरेका छन् ।
अभियानको शुभारम्भ गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बिरबहादुर वली, जनप्रतिनिधि तथा संचारकर्मीहरुले संयुक्त रुपमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेका छन् । उपमहानगरपालिका परिसरमा स्थापना गरिएको बुथमा मेयर राणाले औषधि सेवन गरी अभियान शुभारम्भ भएको घोषणा गरेका हुन् ।
यसका अलावा जिल्लाका आठ वटै स्थानीय तहमा बिभिन्न कार्यक्रम गरी औषधि सेवन कार्यक्रम शुरु गरिएको छ । जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवा, सुविधा नदिने निर्णय गरेको छ ।
बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि बाध्य भएर यस्तो निर्णय गर्नु परेको जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले बताए ।

Next Post

प्रहरीद्वारा बुटवलमा ई–रिक्सा चालकमाथि कुटपिट

२५ माघ २०७६, शनिबार १३:३९
सदरलाइनडटकम, बुटवल : विद्युतीय रिक्सा चालकमाथि प्रहरीले बुटवलमा कुटपिट गरेको छ । प्रहरीको कुटाइबाट ई–रिक्साचालक भवन सिंजाली मगर घाइते भएका छन् । ब्लुबुकको बिषयमा विवाद हुँदा बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए । बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा […]

सम्बन्धित