सोह्र वर्षमा बिहे गर्न पाउनुपर्ने भन्दै प्रर्दशन गर्ने दुईजना पक्राउ

  
  प्रकाशित मितिः बिहिबार, माघ २३, २०७६       | 156 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : सोह्र वर्षमै विहे गर्न पाउनु पर्ने भन्दै प्रदर्शन गर्ने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोझी चोकमा प्रर्दशन गरिरहेका दुई जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेपालको कानूनमा सहमतिमै छोरीको बिहे गर्न २० वर्ष पुगेको हुनुपर्ने प्रावधान भएपनि पछिल्लो समय नेपालगञ्जमा कानूनलाई चुनौती दिँदै नेपालगञ्ज, जानकी र डुडुवाका बासिन्दाले आफ्ना छोराछोरीको १६ वर्षमै विहे गर्न पाउनु पर्ने भन्दै प्रदर्शन गर्दै आएका छन् ।
बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिँहले जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्र र डुडुवा गाउँपालिका ३ का फुलमति पाललाई पक्राउ गरिएको बताए ।

प्रकाशित मितिः बिहिबार, माघ २३, २०७६     4:55:28 PM  |