डुडुवाका किशोरीलाई आइरन तथा फोलिक एसिड वितरण गरिने

२३ माघ २०७६, बिहीबार १०:३९
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउपालिकाका किशोरीलाई आइरन तथा फोलिक एसिड वितरण गरिने भएको छ । किशोरीलाई रक्तअल्पता (एनिमिया) रोग हुनबाट बच्न तथा पोषक तत्वको बृद्धिका लागि योे कार्यक्रम शुरु गर्न लागिएको पालिकाले जनाएको छ । गाउँपालिका अन्र्तगत रहेका सामुुदायिक विद्यालयका किशोरीलाई आइरन तथा फोलिक एसिड वितरण गर्ने गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले जानकारी दिए ।
शिक्षा शाखा प्रमुख सञ्जय कर्णले गाउँपालिकामा रहेका १७ वटा सामुदायिक विद्यालयका करिब ४ सय किशोरीलाई १४–१४ हप्ताको फरकमा सो औषधी वितरण गर्ने लक्ष्य लिएकोे बताए । औषधी वितरणको कार्यलाई प्रभावकारी बनाउन गाउपालिका स्वास्थ्य शाखाद्वारा डुडुवामा योजना तर्जुमा गोष्ठीको आयोजना गरी सो जानकारी गराइएको छ ।
गोष्ठीको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सरकारको नीति अनुसार यो कार्यक्रमले किशोरीको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने भन्दै सबै किशोरीलाई यो औषधी वितरण गर्नमा शिक्षकहरुको भुमिका प्रभावकारी हुनेमा जोड दिए ।
उनले स्वास्थ्य सेवाको दृष्टिले टाढा परेको होलिया राप्तीपारी र डलैपुर गाउँमा स्वास्थ्य सेवाको इकाई विस्तार गरि सेवाको प्रभावकारिता बढाउने बताए ।
उनले गाउँपालिकाबाट प्रदान हुने सम्पुर्ण सेवा सुविधा नियमित, गुणस्तरिय र प्रभावकारी कार्यन्वयनका लागि सम्पुर्ण जनशक्तिको जिम्मेवारी भएकाले निस्वार्थ भावनाले काम गर्न आग्रह गरे ।
प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले गाउँपालिकामा स्वास्थ्य सेवा अन्र्तगत विभिन्न योजना निमार्ण गरि अघि बढिरहेको बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक, स्वास्थ्य चौकी इन्चार्ज, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागिता रहेको थियो ।

Next Post

वडाध्यक्ष धामीको हत्याविरोधमा प्रदर्शन जारी

२३ माघ २०७६, बिहीबार १०:३९
सदरलाइनडटकम, अछाम : अछामस्थित पन्चदेवल नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यारालाई पक्राउ गर्न माग गर्दै बिहीवार बिहानैदेखि प्रदर्शन भईरहेको छ । शंकास्पद मृत्यु भएको तीन दिन बितिसक्दा समेत शव उठाएका छैनन् भने मृतकका आफन्तहरु एवं स्थानीयले विहानैदेखि सडकमा टायर बालेर विनायक बजार बन्द गराएका छन् । धामीको शव मंगलवार […]