‘मिस वल्ड’ बन्ने सपना बोकेकी अस्मिता

२२ माघ २०७६, बुधबार १९:३८
 

बाँकेको नेपालगञ्जमा सन्चालन भईरहेको ‘मिस मिडवेष्ट’ को सातौ संस्करणका प्रतियोगि अस्मिता भुषालले पनि मोफसलमा बसेरै मोडलिङ पेशामा सुन्दर भविश्य खोज्दै छन् । मोडलिङमा आफ्नो भविष्य खोज्नका लागि १८ बर्षिया अस्मिता अहिले ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित सौन्दर्य प्रस्तुति कार्यक्रममा सहभागि भएकी छन् । १२ कक्षामा अध्यनरत प्रतियोगी नं. ९ बाट परिचित अस्मिता मुलपानी सुर्खेतकी स्थायी बासिन्दा हुन । उनीसंग गरिएको अंन्तरङ्ग कुराकानीको सम्पादित अंश ।

सुन्दरतालाई कसरी बुझ्नुभएको छ ?

सुन्दरता ईश्वरको प्राकृतिक बरदान हो । सुन्दरताले मानिसमा आत्मबिस्वासको उजागर गर्छ । सुन्दरता केवल आँखाले देख्न सक्ने मात्र होईन । सुन्दरतालाई कसैले देख्छन्, कसैले सुन्छन् भने कसैको सुन्दरतालाई महसुस गरेका हुन्छन् ।

मोडलिङ क्षेत्रमा किन आउनुभयो ?

मेरो जीबनको सबै भन्दा ठुलो र महत्वपुर्ण उद्देश्य भनेकै ‘मिस वल्ड’ बन्नु हो । त्यसैको तयारी स्वरुप म यस सौन्दर्य प्रस्तुति कार्यक्रममा सहभागि भएकी छु ।

मोडलिङ बाहेक रुचि केके छन् ?

मलाई समाजसेवामा एकदमै रुचि छ । त्यस बहेक महिला सशक्तिकरणका बारेमा बोल्न पायँ भने जतिपनि बोल्न सक्छु जस्तो लाग्छ । मलाई महिलाका विषयमा बोल्न एकदमै मन लाग्छ ।

प्रेमको कुनै अनुभव छ ?

मैले परिवारको र साथीहरुको प्रेम अनुभव गरेकी छु ।


जीबन साथी कस्तो चाहानुहुन्छ ?

मेरो सपना पुरा गर्न साथ दिने असल जीवन साथी चाहान्छु ।

प्रेम प्रस्ताव राख्ने कति छन् ?

धेरै त हुनुहुन्न । प्रेम प्रस्ताव राख्नेहरु अलिअलि हुनुहुन्छ ।

सपना के छ ?

मलाई ‘मिस वल्ड’ बन्ने मन छ । मेरो सपना पनि यहि हो ।

प्रस्तुती : लक्ष्मी तिमिलसेना

फोटो  : पवन श्रोतिया /  ब्लु ओरिजन

Next Post

बैबाहिक वार्षिउत्सवमा आश्रयबिहिनहरुसंग सहभोज

२२ माघ २०७६, बुधबार १९:३८
सदरलाइनडटकम, नेपालगन्ज : बाँकेका एक पत्रकारले ब्रतबन्ध, बिबाह, बार्षिउत्सव, जन्मोत्सव गर्दा होटल र रेष्टुरेण्टहरुमा भब्य भोज गर्ने परम्परालाई त्याग्दै बिबाहको बार्षिकोत्सवमा दिनदुखी र आश्रयबिहिनहरुसंग सहभोजको परम्परा सुरु गरेका छन् । आफ्नो बिबाहको २५ औ वार्षिक उत्सवका अवसर पारेर नेपालगञ्जमा रहेको निलसागर सेवा आश्रममा आश्रित ७० जना आश्रितहरुलाई खाना खुवाएर आफ्नो […]