हात्तिपाइले औषधि सेवन नगर्नेलाई सुविधाबाट बञ्चित गरिने

२२ माघ २०७६, बुधबार १९:११
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : राष्ट्रिय हात्तिपाईले (फाइलेरिया) रोग निवारण अभियान २०७६ अन्तर्गत कोहलपुर नगरपालिका, रझेना स्वास्थ चौकिले हात्तिपाईले रोग तथा आम औषधी खुवाउने कार्यक्रम सम्बन्धी वडास्तरीय अन्तरक्रिया कार्यक्रम कोहलपुर १ र २ मा सम्पन्न भएको छ ।
सरकारले हात्तिपाईले रोग निवारणका लागि बर्षेनी करोडौ करोड रकम खर्च गरेर यो अभियान सञ्चालन गरेपनि कार्यक्रम प्रभावकारी हुन नसकेकोले स्थानीय तहका प्रत्येक वडामा गएर अन्तरक्रिया गर्नु परेको रझेना स्वास्थ चौकिकी अधिकृत लोकमाया भारतीले बताइन् ।
कार्यक्रमलाई प्रभावकारी बनाउन र सबैलाई अनिवार्य औषधी सेवन गराउन पालिकाले कडा नियम बनाए जस्तै औषधि सेवन नगर्ने घर परिवारलाई स्थानीय तहबाट पाउने सेवा सुविधाबाट बञ्चित हुने नीति बनाए मात्र अभियान सफल हुने उनको भनाई छ ।
कार्यक्रममा हत्तिपाईले रोग लाग्दा दीर्घकालीन असर र कुन अवस्थामा यो औषधि सेवन गर्न हुने नहुनेबारे रझेना स्वास्थ चौकीकि अधिकृत लोकमाया भारती र हेल्थ असिस्टेन्ट सुदिप देवकोटाले सहजीकरण गरेका थिए । कोहलपुर वडा नम्बर १ का अध्यक्ष गोपि खनालले कार्यक्रलाई सफल बनाउन टोलटोलमा आफै गएर माइकिङ औषधि सेवन गराउन प्रोत्साहित गर्ने बताए ।
यस्तै वडाध्यक्ष कर्णबहादुर बिसीले हात्तिपाईले रोग निवारणको औषधि सेवन नगर्ने घरपरिवारलाई वडाबाट पाउने सुबिधाबाट बञ्चित हुनुपर्ने बताउदै आफ्नो वडामा यस अभियानलाई सफल बनाउन आफु लागिपर्ने बताए ।

Next Post

फागुनमा दोस्रो नेपालगञ्ज महोत्सव हुने

२२ माघ २०७६, बुधबार १९:११
सदरलाइनडटकम, नेपालगञ्ज : ए.जि. सर्भिस प्रालि नेपालगञ्जको आयोजनामा ‘दोस्रो नेपालगञ्ज महोत्सव २०७६’ सञ्चालन हुने भएको छ । नेपालगञ्जमा बुधवार गरिएको पत्रकार सम्मेलनमा फाल्गुन २१ देखि चैत्र २ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिइएको हो । नेपाली गीतसंगीत, कला, संस्कृति, भाषा, पर्यटन, अध्ययन, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई बेरोजगार […]

सम्बन्धित