चरेशसहित बझाङमा एकजना पक्राउ

२२ माघ २०७६, बुधबार १४:४५
 

सदरलाइनडटकम,
बझाङ : प्रतिबन्धित लागुऔषध चरशेसहित बझाङमा एक जना पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर २ बस्ने ६० बर्षीया गगनबहादुर धामी ४ किलो ६ सय ग्राम लागुऔषध चरेशसहित पक्राउ परेका हुन् ।
बझाङबाट महेन्द्रनगरका लागि छुटेको ना ७ ख ६५२२ नम्बरको बसमा यात्रा गरि रहेका धामीको तलासी लिँदा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकरी दिए । धामीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Next Post

बीउ कम्पनीबाट ठगिएका किसानद्वारा प्रदर्शन

२२ माघ २०७६, बुधबार १४:४५
सदरलाइनडटकम, कैलाली : आफुहरुलाई ठगिएको भन्दै धनगढी कृषक आन्दोलनमा उत्रेका छन् । गरिमा कम्पनीको धान बीउ कम्पनीले आफुहरुलाई ठगेको भन्दै कृषकहरुले बुधवार सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी आन्दोलन गरेका हुन् । गरिमा धानको बीउका कारण कैलाली कञ्चनपुरमा ठुलै क्षति भएपनि किसानले […]

सम्बन्धित