लागुऔषध रोकथामका लागि निशुल्क परामर्श केन्द्र र विधिबिज्ञान प्रयोगशाला सञ्चालनमा आउदै

२२ माघ २०७६, बुधबार १०:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा लागू औषध प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श केन्द्र आज बुधबारदेखि सञ्चालनमा आउने भएको छ ।
नेपालगञ्जको गणेशमान चोकमा रहेको पुरानो एसएसपी कार्यालय परिसरमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उद्घाटन गरी सो केन्द्रको विधिवत सचालनमा ल्याउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।
सो परामर्श केन्द्रबाट लागू औषधका दुव्र्यसनी तथा कारोबारीलाई सुधारात्मक, उपचारात्मक र दण्डातमक पद्धतीको प्रयोग गरी मनोसामाजिक विमर्शका साथे कानूनी उपचारको समेत निशुल्क परामर्श दिने बताईएको छ ।
सो केन्द्र सञ्चालनको लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक अध्यक्ष रहने गरी ७ सदस्यीय सञ्चालक समिति निर्माण गरिएको छ । सञ्चालक समितिमा नेपालगञ्ज उपमहानगरका अधिकृत, वडासचित अधिकृत स्तरको, सामुदायिक सेवा केन्द्र नेपालगञ्ज, जयसपुर, कोहलपुर सदस्य रहनुको साथै प्रहरी निरिक्षक सुरज खत्रीलाई सदस्य सचिव तोकिएको छ ।
लागू औषध सेवानकर्ता लगायतका लागि परामर्श केन्द्र सञ्चालन कार्यविधि -२०७६ कार्यान्वयन गर्न सो केन्द्र सञ्चलनको लागि ४ कोठाको भवन मर्मत तथा निर्माण गरिएको हो । नेपाल प्रहरीको आन्तिरिक स्रोत साधन र नेपालगञ्ज उपमहानगरबाट बाकी गरी करिव १० लाखको लागतमा सो केन्द्र सञ्चालनमा आउन लागेको हो ।
यसैगरी सोही परिसरमा प्रहरी अनुसंन्धानमा सहयोग पुराउने उद्देश्यले निर्माण गरिएको बिधि विज्ञान प्रयोगशाला (फोरन्सिक ल्याव) को समेत उद्घाटन गने कार्यक्रम तय भएको छ । बिधि बिज्ञान प्रयोगशाला नेपाल प्रहरीको आफ्नै स्रोत र साधनका साथै नियमित बजेटबाट निर्माण गरिएको हो ।
यसैबीच सो केन्द्र र प्रयोगशालाको उद्घाटनको तयारी पुरा भएको प्रहरी उपरीक्षक ओलीले जानकारी दिए । उनले बुधबार दिउसो साढे १ बजे उद्घाटनको लागि प्रहरी महानिरिक्षक खनालबाट समय पाए अनुसार तयारी अघि बढाएको बताए ।

Next Post

जग्गाधनीद्वारा टायर बालेर नेपालगञ्जमा प्रदर्शन

२२ माघ २०७६, बुधबार १०:१३
सदरलाइनडटकम, नेपालगञ्ज : सरकारले ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने तयारी गरेपछि बाँकेको जानकी गाउँपालिकाका स्थानीयले आन्दोलन तीब्र पार्न थालेका छन् । जानकी वडा नं. ३ स्थित रहेको उक्त जग्गा मन्दिरको भएको भन्दै सरकारले जग्गा खोस्न तयारी गरेपछि जग्गाधनीहरुले आन्दोलनलाई तीब्रता दिएका हुन् । जग्गाधनीहरुले सरकार बिरोधी नारा लगाउँदै […]

सम्बन्धित