नर्सिङ्ग पेशामा प्रवेश गर्ने लक्ष बोकेकी ईशा

२१ माघ २०७६, मंगलवार १९:२८
 

पछिल्लो समय मोडलिङ पेशा मोफसलमा पनि सशक्त बन्दै गएको छ । मोडलिङ पेशा भन्ने वित्तिकै काठमाण्डौ नै जानु पर्छ भन्ने मान्यता पनि अहिले हट्दै गएको छ । मोफसलमा बसेरै पनि यहाँका किशोेरीहरुले आफ्नो भविश्य खोजिरहेका छन् ।  यसै सन्दर्भमा बाँकेको नेपालगञ्जमा सन्चालन भईरहेको ‘मिस मिडवेष्ट’ को सातौ संस्करणका प्रतियोगि हुन नेपालगञ्ज उप–महानगरपालिका गणेशपुर निवासी ईशा गौली । मोडलिङमा आफ्नो भविष्य खोज्नकै लागि १८ बर्षिया गौली अहिले ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित सौन्दर्य प्रस्तुति कार्यक्रममा सहभागि भएकी छन् । ११ कक्षामा अध्यनरत प्रतियोगी नं. ९ बाट परिचित गौली संग गरिएको अंन्तरङ्ग कुराकानीको सम्पादित अंश ।

मोडलिङ क्षेत्रमा किन आउनुभयो ?

मेरो सानैदेखि श्रृङगार र पहिरनको शोख थियो । त्यसैले मैले यस क्षेत्रमा प्रवेश गरकी हुँ ।

मोडलिङ बाहेक रुचि केके छन् ?

मलाई विषेश गरि मोडलिङ नै मन पर्छ । तर, मोडलिङ बाहेक मलाई नर्स बन्न एकदमै मन छ ।

प्रेमको कुनै अनुभव छ ?

मैले अहिलेसम्म प्रेमको अनुभव गरेकी छैन ।

जीबन साथी कस्तो चाहानुहुन्छ ?

म सरल स्वभावको असल जीवन साथी चाहान्छु । जो संग जिन्दगीको हरेक परिस्थिती साट्न सकियोस ।

प्रेम प्रस्ताव राख्ने कति छन् ?

अहिलेसम्म कसैले पनि पे्रमको प्रस्ताव राख्नुभएकै छैन ।


सपना के छ ?

मलाई नर्स बन्ने मन छ । मेरो सपना पनि यहि हो ।

 

प्रस्तुती  : लक्ष्मी तिमिलसेना

फोटो  : पवन श्रोतिया / ब्लु ओरिजन

Next Post

हिउँदे वर्षातले कोशेबालीको उत्पादनमा ह्रास आउने

२१ माघ २०७६, मंगलवार १९:२८
सदरलाइन  / रुद्र सुवेदी , नेपालगञ्ज :  कहिले फौजी किराको प्रकोप त रोपेको धान नपसाएर क्षती व्यहोरेका बाँके बर्दिया दांगलगायतका जिल्लाका किसानलाई हिउदे बालीमा समेत प्रकृतिले पनि ठगेको छ । गत मंसिर २७ गतेदेखि लगातार परेको पानीका कारण बाँके बर्दिया दांगलगायतका जिल्लाका किसानले लगाएको हिउदे बाली मसुरो, चना, राजमा जस्ता […]