गोठको आगो निभाउँदा महिलाको मृत्यु

२१ माघ २०७६, मंगलवार १६:३८
 

सदरलाइनडटकम,
जुम्ला : गोठमा आगो लागेपछि गोरुलाई उद्धार गर्न जाँदा जुम्लाका कनकासुन्दरी गाउँपालिका २ की भेटेनी ऐडीको मृत्यु भएको छ । मालिका बोताकी ऐडीको एकतले गोठमा सोमवार राती आगो लागेको थियो ।
गोठमा आगो लागेपछि ऐडी त्यहाँ रहेका पशुपँक्षीलाई उद्धार गर्न गएकी थिइन् । तर आगोमा परी उनको निधन भएको हो । आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।

Next Post

सिद्धार्थ बैंकद्वारा नेपालगञ्जमा शाखा विस्तार

२१ माघ २०७६, मंगलवार १६:३८
सदरलाइनडटकम, नेपालगञ्ज : सिद्धार्थ बैंकले नेपालगञ्जमा दुई वटा शाखा विस्तार गरेको छ । बैंकले न्यूरोड र वीपीचोकमा मंगलवार शाखा विस्तार गरेको हो । यो शाखासहित सिद्धार्थको नेपालगञ्जमा तीन वटा शाखा भएको छ भने जिल्लाभरी पाँच वटा पुगेको छ । सिद्धार्थ बैंकका वरिष्ठ नायव महाप्रवन्धक शेरबहादुर बुढाथोकीका अनुसार, सिद्धार्थको देशभरमा १ […]