घटनाको छानविन माग गर्दै कैलालीमा फेरि सडक अवरुद्ध

२० माघ २०७६, सोमबार १४:४१
 

सदरलाइनडटकम,
कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका ६ मा सोमवार पुनः सडक अवरुद्ध गरिएको छ । पूर्व पश्चिम राजमार्गको लम्की खण्डमा शनिवार से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए ।
मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका चौधरीको घटनाबारे छानविनको माग गर्दै मृतकका आफन्त तथा स्थानीयवासीले सडक अवरुद्ध पारेका हुन् । स्थानीयवासीले दुर्घटना गराउनेको पहिचान गरी कारबाही गर्नुपर्ने माग राख्दै आइतवार पनि बिहानैदेखि सडक अवरुद्ध गरेका थिए ।
सडक सुचारु गर्ने क्रममा झडप हुँदा ९ जना प्रहरी समेत घाइते भएका थिए । विवाद समाधानका लागि आइतवार साँझ सर्वदलीय बैठक बसेपनि विनानिष्कर्ष टुङ्गिएको थियो ।

Next Post

सिरियालीको गोलाबारीमा टर्कीका चार सैनिकको मृत्यु

२० माघ २०७६, सोमबार १४:४१
सदरलाइनडटकम, काठमाण्डौ : सिरियाको इद्लिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सिरियाली सरकारले सोमवार गरेको गोलाबारीमा कम्तीमा चार टर्कीज सैनिकको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा अन्य नौ जना सैनिक घाइते भएका र जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सिरियाली सैनिकले गरेको यस गोलाबारीका […]