हात्तिको आक्रमणमा एक जनाको मृत्यु

२० माघ २०७६, सोमबार १३:५९
 

सदरलाइनडटकम,
बर्दिया : हात्तिको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ८८ नम्बरको पिलरको सीमा जङ्गलमा खर काटी फर्केने क्रममा जङ्गली हात्तीको आक्रमणले राजापुर नगरपालिका १० भगतपुर बस्ने ४९ वर्षीया लक्ष्मीप्रसाद थारुको मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट सोही ठाउँ निवासी २९ वर्षीया उमा चौधरी घाइते भएकी छन् । उनकोे नेपालगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

Next Post

‘फोरजीको स्पीडमा गणेशको ग्याङ्ग’ बजारमा

२० माघ २०७६, सोमबार १३:५९
सदरलाइनडटकम, काठमाण्डौ :  नेपाली युवाको रोजाईमा परेको नयाँ गीत ‘फोरजीको स्पीडमा गणेशको ग्याङ्ग’ बजारमा आएको छ । गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित युवा गायक मोडल गणेश साउद जिसिको आवाज तथा अहिलेका चर्चित युवा र्यापर कार्कीको र्याप समेटिएको नयाँ गीत ‘फोरजीको स्पीडमा गणेशको ग्याङ्ग’ गत माघ १६ […]