शहिद दिवशमा जिल्ला स्तरिय वक्तृत्वकला र निबन्ध प्रतियोगिता

२० माघ २०७६, सोमबार १३:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : अमर शहिदहरुको संझनामा शहीद दिवश–२०७६ को अवसर पारेर नेपालगञ्ज आर्य समाजले जिल्लास्तरिय अन्तर माध्यमिक विद्यालयका विद्यार्थी बिच निबन्ध र वक्तृत्वकला प्रतियोगीताको सम्पन्न गरेको छ ।
अमर शहिदहरुले गरेको बलिदानपूर्ण संघर्षले नेपालको सामाजिक जागरणमा पुर्याएको योगदानको नयाँ पुस्ताले पनि थाहा पाउन भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आर्य समाज नेपालगञ्जका अध्यक्ष राजुमान श्रेष्ठ आर्यले जानकारी दिए ।
कक्षा ७–८ को एक समुह, कक्षा ९–१० को एक र ११–१२ को गरी तीन समुहमा रहेका विद्यार्थीलाई समुहगत विभाजन गरी अमर शहिदहरुले वेदको प्रचार, धार्मिक सुधार, सामाजिक जागरणमा पु¥याएको योगदान र साहित्यद्वारा अंधविश्वास कुरिती, कु–संस्कार विरुद्ध चलाएका कदम आदिको वारेमा कुनै पनि शिर्षक राखेर निबन्ध लेख्न सकिने गरि प्रतियोगिताको आयोजना गरिएको थियो ।
सो प्रतियोगितामा समुह (क) कक्षा ७ र ८ का विद्यार्थीहरु मध्ये वेष्टजोन ईमि हाई स्कुल नेपालगन्ज कक्षा– ७ कि छात्रा काव्या रेग्मी प्रथम भएर स्व.नकछेद सोनी स्मृती छात्रवृती पुरस्कार तीनहजार नगद र शिल्ड प्राप्त गरिन । आदर्श मावि राँझा कक्षा–८ का छात्र वविन आचार्य द्वितिय भएर स्व. वेदिका श्रेष्ठ आर्या स्मृती छात्रवृती पुरस्कार रु. २ हजार र शिल्ड प्राप्त गरे । यसैगरी एभरेष्ट सैनिक बोर्डिङ्ग स्कुल कोहलपुर कक्षा–८ कि छात्रा जस्मिन रावत तृतीय भएर स्व. वेदिका श्रेष्ठ आर्या स्मृती छात्रवृती पुरस्कार रु. १ हजार र शिल्ड प्राप्त गरिन ।
त्यसैगरि समुह(ख) कक्षा ९ र १० का विद्यार्थीहरु मध्ये भेरी इमि हाई स्कुल नेपालगञ्ज कक्षा –९ कि छात्रा आस्था प्रधान प्रथम भएर स्व असनीकुमार वैश्य स्मृती छात्रवृती पुरस्कार रु. ३,हजार र शिल्ड प्राप्त गरिन । त्रिभुवन नमुना मावि कोहलपुर कक्षा– १० का छात्र उत्सव आचार्य द्वितीय स्थान हासिल गरेर स्व. हरीप्रसाद गुप्ता र स्व. शान्ती देवी गुप्ता (दाङ्ग) स्मृती छात्रवृत्ती पुरस्कार रुपिया २ हजार र शिल्ड प्राप्त गरे । आदर्श मावि, राँझा कक्षा –९ कि छात्रा तृतीय– कल्पना विष्ट तृतीय भएर स्व. शिवप्रसाद गुप्ता स्मृती छात्रवृती पुरस्कार रु. १ हजार र शिल्ड प्राप्त गरेकी थिईन ।
यसरी नै समुह (ग) कक्षा ११ र १२ का विद्यार्थीहरु मध्ये आदर्श हाइ स्कूल राँझा कक्षा –११ कि छात्रा सिमा गुरुङ्ग प्रथम भएर पुरस्कार रु. तीनहजार र शिल्ड प्राप्त गरिन । एवीसी आवासिय मावि. नेपालगन्ज कक्षा –१२ का छात्र लियोनल तपेन्द्र वम द्वितीय भएर रु. २ हजार र शिल्ड प्राप्त गरे । आदर्श हाइ स्कूल, राँझा कक्षा –१२, का छात्र देव राज सुनार तृतीय भएर पुरस्कार रु. १हजार र शिल्ड प्राप्त गरे ।
यसै गरी वक्तृत्वकलाको विषय ‘अमर शहिदहरुले सामाजिक जागरणमा पु¥याएको योगदान’ विषयमा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो बोल्ने कलाको प्रदर्शन गरेका थिए । वक्तृत्वकलामा निम्न विद्यालयका विद्यार्थीहरु विजयी भएका थिए ।
आदर्श हाइ स्कूल, राँझा कक्षा –१० का छात्र पवन गुरुङ्ग प्रथम भएर स्व. डम्बरबहादुर भण्डारी स्मृती छात्रवृती पुरस्कार रु. तीनहजार प्राप्त गरे । ज्ञानोदय मावि, खजुरा कक्षा–९ कि छात्रा दिपशिखा भण्डारी द्वितीय भएर स्व. डम्बर बहादुर भण्डारी स्मृती छात्रवृती पुरस्कार रु. २ हजार प्राप्त गरिन । ब्राइटल्याण्ड हाई स्कुल, नेपालगन्ज कक्षा –९ कि छात्रा अदिति अर्याल तृतीय भएर स्व. डम्बर बहादुर भण्डारी स्मृती छात्रवृती पुरस्कार रु. १ हजार प्राप्त गरिन ।
पुरस्कार प्रत्येक समूहहरुमा विजयी विद्यार्थीहरुलाई मेडल, ट्रफी, प्रमाण–पत्र र नगद पुरुस्कारका साथै विजयी विद्यार्थीको विद्यालयलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।
निबन्धको निर्णायक मण्डलमा कविराज रेग्मी (प्राध्यापक मब. क्याम्पस), शशिराम कार्की (भुपु प्राधानाध्यपक) र यशोदा नेपाली( नेपाली मावि शिक्षिका) रहेका थिए ।
वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा हेमन्त कर्माचार्य(सम्पादक कालपृष्ठ दैनिक, रुद्र सुवेदी सम्पादक सदरलाइन डटकम अनलाइन पत्रिका र उर्मिला श्रेष्ठ पुर्व मावि शिक्षिका रहेका थिए ।
स्वागत मन्तव्य बालकृष्ण सोनी आर्यले गरेको कार्यक्रममा आर्य समाजको बारेमा अनमोल गुप्ताले प्रकाश पारे । सहभागिलाई कसरी निरोगी स्वस्थ्य रहने उपायको बारेमा पदम स्वदेशीले जानकारी दिएको कार्यक्रमको संचालन मधु स्वारले गरेकी थिईन ।
सो कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका सहायक क्याम्पस प्रमुख डम्बर पुन, विशिष्ट अतिथि नेपालगञ्ज व्यापार संघका अध्यक्ष नन्दलाल वैश्य रहेका थिए । कार्यक्रमको समापनमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।


   

Next Post

कोरोनाको परीक्षणमा निस्किएका कर्मचारी दुर्घटनामा घाइते

२० माघ २०७६, सोमबार १३:४३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा कोरोना भाइरस परीक्षणको व्यवस्थापनमा निस्किएका दुई जना कर्मचारी दुर्घटनामा घाइते भएका छन् । जमुनाहा नाकामा कोरोना भाइरस संक्रमण परीक्षणका लागि सोमार बिहान दश बजे निस्किएका नेपालगञ्ज उपमहानगरपालिका कर्मचारी चढेको मोटरसाईकल गणेशमान चोकमा दुर्घटना हुँदा स्वास्थ्य शाखाका गणेश कार्की र जागेश्वर बस्नेत घाइते भएका […]

सम्बन्धित