सार्वजनिक शौचालय हस्तान्तरण

१९ माघ २०७६, आईतवार १८:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत नेपालगञ्जमा निर्माण गरिएका दुईवटा अत्याधुनिक सार्वजनिक शौचालय उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
८१ लाखको लागतमा भेरी अस्पताल अगाडी र मासु मण्डी नजिकै निर्माण गरिएका अपांगमैत्री अत्याधुनिक सार्वजनिक शौचालय आइतवार नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमाथापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको उपस्थितीमा हस्तान्तरण गरिएको हो । एसएनभीले नेपालगञ्जको धम्बोझीमा समेत स्वचालित शौचालय निर्माण गरिसकेको छ । हस्तान्तरण भएपछि सार्वजनिक शौचालय उपमहानगरपालिकाले ब्यवस्थापन गर्नेछ ।

Next Post

शंकास्पद दुर्घटनाबारे कैलालीमा प्रदर्शन

१९ माघ २०७६, आईतवार १८:३९
मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको भनिएका घटनालाई लिएर पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा सडकखण्ड आइतवार दिनभरी तनावग्रस्त बनेको छ । मोटरसाइकल दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारवाहीको माग गर्दै स्थानीयवासीले बिहानैदेखि अवरुद्ध पारेको सडक खुलाउने क्रममा प्रहरीमाथि ढुङगा प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन सामान्य […]