नाच्न र पानीपुरी मनपर्ने सजिनाको लक्ष मोडेल बन्ने

१८ माघ २०७६, शनिबार २०:००
 

‘मिस मिडवेष्ट’ को सातौ संस्करण बाँकेको नेपालगन्जमा सन्चालन भईरहेको छ । ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित यसै संस्करणका प्रतियोगि हुन नेपालगञ्ज उप–महानगरपालिका तेजनगरकी सजिना नेपाली । उनी प्रतियोगी नं.५ बाट परिचित सजिना संग भेटेर उनका बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

रुचि

सजिनालाई विषेश गरि नृत्य गर्न मनपर्छ । त्यसैले पनि उनी नृत्य गर्न बढी रुचाउछिन् । नाचको लागि कुनै गीत बज्दा नाचु नाचु जस्तो हुने गरेको उनी बताउछिन ।

भ्रमण

सजिनालाई सुर्खेत मनपर्ने ठाँउ हो । उनको मामा घर भएकोले पनि होला उनलाई सुर्खेत मनपर्नेुको कारण । सुर्खेत गईरहन मन लाग्ने कारण मामा घर भएर हो वा राम्रो ठँउ भर हो आफै अलमलमा छिन् उनी ।

खाना

चुलबुले स्वभावकी सजिना अलिकति अमिलो र पिरो मनपराउछिन् । पानीपुरी उनलाई औधी मनपर्ने खानेकुरा हो ।

पहिरन

उनलाई जस्तासुकै पहिरन पनि मन पर्छ । तर जुनसुकै समुदाएको पनि साँस्कृतिक पहिरन भन्ने वित्तिकै उनी हुरुक्क हुन्छिन् ।


सिनेमा

सिनेमा तिर भने उनको खासै चासो नभएको बताउने उनी टिभिमा नृत्य भने हेर्ने गरेको बताउछिन ।

अविस्मरणिय क्षण

कक्षा १० मा पढ्दा ३ जना साथी मिलेर कक्षा सञ्चालन भएकै बेला कक्षा बंङ्क गरी सिढीमा लुकेर खाजा खाएको कुरा आफ्नो जीवनको अविस्मरणिय क्षण भएको सजिना बताउछिन् ।

लक्ष्य

सफल मोडल बन्नु नै उनको जिबनको सबै भन्दा महत्वपुर्ण लक्ष्य भएको सजिनाको भनाई छ ।

प्रस्तुती  : लक्ष्मी तिमिल्सेना             

 फोटो  : पवन श्रोतिया  / ब्लु ओरिजन

Next Post

भेरी अस्पतालमा सिकलसेल एनिमियाका बिरामीको चाप बढ्दै

१८ माघ २०७६, शनिबार २०:००
सदरलाइन / रुद्र सुवेदी, नेपालगञ्ज  : पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाका विरामीहरु दिनानु दिन बढ्दो क्रममा छन् । सिकलसेल एनिमियाँ एक प्रकारको रक्तअल्पता हो र यो वंशाणुगत रुपमा मात्र सर्ने हुँदा थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखा परेको सिकलसेल एनिमियाका बारेमा […]

सम्बन्धित