सडक दुर्घटना हुँदा बर्दियामा एकको मृत्यु

१८ माघ २०७६, शनिबार १७:३७
 

सदरलाइनडटकम,
बर्दिया : कारले मोटरसाइकललाई ठक्कर दिँदा बर्दियामा शनिवार एक जनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका ९ माछागढ चिसापानीनजिकै कारले मोटरसाइकललाई ठक्कर दिँदा बारबर्दिया नगरपालिका १० की अन्दाजी ३० वर्षीया रामकृष्णी थारुको मृत्यु मएको हो ।
मोटरसाइकल चालक सोही ठाउँको अन्दाजी २८ वर्षीय दुखराम थारु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ९ च ९२९१ नम्बरको कारले सोही दिशामा गइरहेको भे ९ प ७८१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका थारुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । कार र चालक पर्वतको मोदी गाउँपालिकाका सुनिल गुरुङ नियन्त्रणमा रहेको उनले बताए ।

Next Post

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न दबाब र्याली

१८ माघ २०७६, शनिबार १७:३७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न माग गर्दै नेपालगञ्जमा दबाब र्याली निकालिएको छ । बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजनको माग गर्दै शनिवार शान्तिपूर्ण दबाब र्याली निकालिएको हो । बाँके होटेल तथा रेस्टुरेन्ट ब्यवसायी संघको आयोजनामा बसपार्कबाट निकालिएको र्याली पुष्पलाल चोक, धम्बोझी चोक हुँदै बिपि चोकमा पुगेर […]