नेपालगञ्जमा स्ट्रिट वर्कआउट प्रतियोगिता

१८ माघ २०७६, शनिबार १४:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा स्ट्रिट वर्कआउट कम्पटिशन भित्रिएको छ । निश्चित ठाउँमा सबैखालका शारीरिक अभ्यासका लागि यसलाई उपयोगी मानिन्छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीमा शनिवार पहिलो पटक स्ट्रिट वर्कआउट प्रतियोगिता सम्पन्न भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा सदस्य डम्बर थापा, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्का, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतको उपस्थितीमा धम्बोझीमा स्ट्रिट आउट प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा दौडसहित विभिन्नखाले प्रतिष्पर्धा गराएको आयोजक नेपालगञ्ज युथ फिटनेशका अध्यक्ष तिलक शाहीले जानकारी दिए । यसखालका प्रतियोगिता बालकदेखि प्रौढसम्मका लागि उपयोगी भएको भन्दै वडाध्यक्ष रिजालले यसलाई निरन्तरता दिन आयोजकलाई आग्रह गरे ।
विभिन्न विधामा समावेश खेलकुद सबैभन्दा छिटो सम्पन्न गर्नेलाई यसमा विजेता मानिन्छ । यसैगरी कार्यक्रममा वडाध्यक्ष रिजाल र क्लवका अध्यक्ष खड्काले क्रिकेट खेलाडीका लागि आवश्यक खेल सामग्रीसमेत हस्तान्तरण गरेका थिए ।

Next Post

सडक दुर्घटना हुँदा बर्दियामा एकको मृत्यु

१८ माघ २०७६, शनिबार १४:४३
सदरलाइनडटकम, बर्दिया : कारले मोटरसाइकललाई ठक्कर दिँदा बर्दियामा शनिवार एक जनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका ९ माछागढ चिसापानीनजिकै कारले मोटरसाइकललाई ठक्कर दिँदा बारबर्दिया नगरपालिका १० की अन्दाजी ३० वर्षीया रामकृष्णी थारुको मृत्यु मएको हो । मोटरसाइकल चालक सोही ठाउँको अन्दाजी २८ वर्षीय दुखराम थारु घाइते भएका छन् । […]