सदरलाइनडटकम,
कैलाली : आफुहरुलाई ठगिएको भन्दै धनगढी कृषक आन्दोलनमा उत्रेका छन् । गरिमा कम्पनीको धान बीउ कम्पनीले आफुहरुलाई ठगेको भन्दै कृषकहरुले बुधवार सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी आन्दोलन गरेका हुन् ।
गरिमा धानको बीउका कारण कैलाली कञ्चनपुरमा ठुलै क्षति भएपनि किसानले अझैसम्म क्षतिपूर्ति नपाएको उनीहरुको आरोप छ । गरिमा धानको बीउका कारण कैलाली र कञ्चनपुरमा मात्रै झण्डै ६ करोडको क्षति भएपनि अहिलेसम्म कृषकहरुले राहत र क्षतिपूर्ति नपाएकोले प्रदर्शन गर्नुपरेको उनीहरुले बताएका छन् ।


