पाँच बुँदे सहमतिपछि सुर्खेत सामान्य बन्दै

१६ माघ २०७६, बिहीबार १६:२५
 

सदरलाइनडटकम,
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर ३ गौतमचोकमा मंगलवार टिपरले किचेर कालीकोटका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर सामान्य बन्न थालेको छ । तीन दिनको प्रयासपछि बिहीवार पीडितपक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।
प्रहरी नियन्त्रणमा रहेका टिपर चालक राजकुमार बोहोराविरुद्ध कारबाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिइ प्रकृया अघि बढाउने र घटनालाई लिएर भएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।
पीडित पक्षलाई कानुन बामोजिम दिइने क्षतिपूर्तिको लागि तत्काल प्रक्रिया अघि बढाउने, पीडित पक्षलाई थप राहतका र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्ने सहमतिसमेत भएको छ । योसँगै शव पोष्टमार्टम गरी सद्गत गर्न आफन्त तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

Next Post

अमेरिका–मेक्सिको सीमामा भेटियो अहिलेसम्मकै लामो ‘सुरुङ’

१६ माघ २०७६, बिहीबार १६:२५
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकी अधिकारीहरुले अमेरिका–मेक्सिको सीमानामा अहिलेसम्मकै लामो तस्करी सुरुङ पत्ता लागेको बताएका छन् । चार हजार तीन सय नौ फिट (एक हजार तीन सय १३ मिटर) लामो सुरुङमा लिफ्ट, रेल ट्र्याक, पानीको निकास, भेन्टिलेसन र उच्च भोल्टेजको विद्युतीय केबल पनि छ । सुरुङ मार्ग मेक्सिको शहरको तिजुआनाको औद्योगिक […]