भारतको महाराष्ट्रमा दुर्घटना, २७ जनाको मृत्यु

१५ माघ २०७६, बुधबार १७:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : पश्चिम भारतको महाराष्ट्रमा तीव्र गतिको यात्रुबाहक बसले मंगलवार राति अटो रिक्सा ठोक्किएर २७ जनाको मृत्यु भएको छ । बसको ठक्कर लागेपछि अटोरिक्सा र बस सडक नजिकैको कुवामा खसेक थिए ।
कुवामा खसेका अटोरिक्सा, बस र शवलाई क्रेनले बाहिर निकालिएको थियो । दुर्घटनामा अन्य ३२ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । दुर्घटनामा बस चालकको समेत मृत्यु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका आफन्तप्रति समवेदना प्रकट गरेका छन् ।
उनले उक्त घटनालाई अकल्पनीय घटना बताएका छन् । भारतमा दुर्घटनाका कारण वार्षिक १ लाख ५० हजार मानिसले ज्यान गुमाउने गरेको तथ्यांकहरु सार्वजनिक भएका छन् । उक्त दुर्घटनाको कारण सडकको दुरावस्था, सवारी समयमै मर्मतसम्भार नगर्नु र चालकको लापरबाही भएको बताइएको छ । (एजेन्सी)

Next Post

बैजनाथमा खेलकुद प्रतियोगिता शुरु

१५ माघ २०७६, बुधबार १७:३१
सदरलाइनडटकम, बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकामा बुधवारदेखि खेलकुद प्रतियोगिता शुरु भएको छ । गाँउपलिकाका अध्यक्ष मानबहादुर रुचालले उद्घाटन गरेसँगै ‘बैजनाथ गाउपालिका विद्यालयस्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु भएको हो । नेपाल राष्ट्रिय निम्न माध्यमिक ओरीलालपुरको आयोजना तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रतियोगितमा विद्यालयस्तरका वालवालिकाहरुले विभिन्न विधामा प्रतिस्प्रधा गर्ने […]

सम्बन्धित