फोटोमा समावेशीको विजयी जुलुस

  
  प्रकाशित मितिः सोमवार, माघ १३, २०७६       | 550 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन परिणाम पछि समावेशी समुहले नेपालगञ्जमा विजयी जुलुस निकालेको छ । समाबेशी प्यानलको कार्यालय न्यूरोडबाट बजागाजा सहितविजयी जुलुस निकालिएको थियो जुलुसले नगरपरिक्रमा गर्दै मतदाता व्यावसायीलाई धन्यबाद दिएको थियो ।
आफ्नो समुहनेतृत्वका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भईसकेपछि प्रतिक्रिया दिदै संघका नबनिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले सबैलाई समेटेर नेपालगञ्जका उद्योगी व्यावसायीको हितको लागि आफुले काम गर्ने बताए ।
उनले निर्वाचन अघि विभिन्न प्यानलगत भए पनि अवका दिनमा भने सबै व्यवसायीको हितको लागि आफुहरु क्रियाशिल हुने कुरामा आफु प्रतिबद्ध रहेको कुरा दोहराए ।
सो विजयी जुलुसमा समुहका संरक्षक दामोदर आचार्य, ईश्वर पोख्रेल, विजयी उम्मेदवार तथा व्यावसायी नेतृत्वहरु रहेका थिए ।

 

प्रकाशित मितिः सोमवार, माघ १३, २०७६     7:23:34 PM  |