नक्कली कागजातमा भित्रिएको खसी समातियो

१३ माघ २०७६, सोमबार १४:२७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : करीब ढाईसय खसी समातेको हप्तादिन नवित्दै बाँके प्रहरीले फेरी खसी समातेको छ । बाँके, बर्दियालगायत पश्चिमका विभिन्न जिल्लाबाट काठमाण्डौ पठाउन थालिएका २९ वटा खसी कोहलपुर प्रहरीले सोमवार बिहान समातेको हो । खसी बसमा राखेर काठमाण्डौ लैजाँदै गर्दा प्रहरीले समातेको हो ।
यस्तै कोहलपुर प्रहरीले आइतवार पनि ८३ वटा खसी पक्राउ गरेको थियो । पूर्वपश्चिम राजमार्गमा पर्ने सम्झनाचोक र चप्परगौडीबाट खसी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केही दिनअघि अगैया र कुसुमबाट २ सय ५७ वटा खसी समातिएको थियो । नक्कली कागजपत्रको आधारमा खसी ओसारपसार गर्न नदिने कोहलपुर प्रहरीले जनाएको छ ।
भारतबाट खसी भित्रिने र त्यसको नक्कली कागजात बनाएर वा कागजपत्र नै नबनाई काठमाण्डौ पठाउने गरेको गुनासो आइरहेका छन् । इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले खसी ओसारपसारमा कागजपत्र हेर्ने गरिएको बताए । नेपाल सरकारले भारतबाट क्वारेन्टाइन गरेर मात्रै खसी भित्रिन दिने नीति लिएको छ ।

Next Post

ए डिभिजन लिगमा पुलिससँग एपीएफ पराजित

१३ माघ २०७६, सोमबार १४:२७
सदरलाइनडटकम, काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमवार भएको खेलमा विभागीय टोली एपीएफलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । खेलमा पुलिसले एपीएफ क्लबलाई एक शुन्य गोल अन्तरले हराएको हो । जारी लिगमा पुलिसको यो चौथो जित हो । जसका कारण पुलिस शीर्ष पाँचमा उक्लिएको […]

सम्बन्धित