दम्भ देखाउन आवश्यक नभएको : मुख्यमन्त्री पोख्रेल

११ माघ २०७६, शनिबार १८:०७
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताएका छन् । प्रेस संगठन नेपाल, प्रदेश ५ को प्रथम भेलालाई शनिवार बुटवलमा संवोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् ।
प्रदेशको चलिरहेको हिउँदे अधिवेशनमा यो विषयले टुंगो लाग्ने बताउँदै उनले कलमको माध्यमबाट समाज रुपान्तरणमा लागेका पत्रकारले गम्भीर समीक्षा बिनासमाचार लेख्न नहुने जिकिर गरे । प्रेस संगठनमा आवद्ध पत्रकार वर्तमान र भविश्यलाई जोड दिएर अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्री पोख्रेलले औंल्याए ।
केन्द्रका ‘विग मिडिया हाउस’को एजेण्डलाई मोफसलका पत्रकारले बोक्नुपर्ने अवस्थामाले गर्दा सरकारले गरेको राम्रा कामको पनि चर्चा हुन नसकेको उनले बताए । मुख्यमन्त्री पोख्रेलले राज्यविरूद्धका मनोविज्ञान परिवर्तन गर्न जरूरी रहेको बताए ।
राज्यविरुद्ध हिडेको नेत्रविक्रम चन्द विप्लव नेतत्वको नेकपाको आन्दोलन सही नभएको मुख्यमन्त्रीको भनाई थियो ।

Next Post

टर्कीमा भूकम्प जाँदा १९ जनाको मृत्यु

११ माघ २०७६, शनिबार १८:०७
सदरलाइनडटकम, काठमाण्डौ : टर्कीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ । एलाजिग प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएराति गएको भूकम्पका कारण ९ जनाको ज्यान गएको र केही भवन भत्किएका बीबीसीले जनाएको छ । भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण भवनहरुमा क्षति पुग्दा […]

सम्बन्धित