‘छोराछोरीलाई बोर्डिङमा पढाउने कर्मचारीलाई कारबाही हुने’

११ माघ २०७६, शनिबार १७:१३
 

सदरलाइनडटकम,
डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी कर्मचारीले आफ्ना छोरा छोरीलाई सरकारी स्कुलमा भर्ना नगरे कारबाही गर्ने बताएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका ४ मा निर्माण हुन लागेको निजामी कर्मचारी बिद्यालयको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले कारबाहीको चेतावनी दिएका हुन् ।
सरकारी जागिर खाएर कर्मचारीले छोरा छोरीलाई निजी बोर्डिङमा पढाउने गरेको भन्दै मुख्यमन्त्री भट्टले सरकारको पैसा खाएर छोरी छोरी निजी बोर्डिङमा पढाउनेलाई अब कारबाही हुने चेतावनी दए । प्रदेशभित्रका निजी विद्यालयमा छोरा छोरी पढाउने सरकारी कर्मचारीको तथ्यांक संकलन गर्ने काम शुरु गर्न लागेको भन्दै उनले त्यसबाट आउने तथ्यांक अनुसार कारबाही अघि बढाइने बताए ।
२ करोड ३९ लाख लागत ६ कोठे दुई तले निजामती स्कुलको भवन २०७८ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण गर्न लागिएको छ । निजामती कर्मचारी स्कुलका लागि १०० रोजनी जमिन खरिद गरेर भवन बनाउन थालिएको हो ।
आगामी वर्षमा नयाँ स्कुल भवन, आवास गृह, खेलकुद मैदान, स्वीमङ पुल लगाएका संरचनाहरु निर्माण गर्न झण्डै ७५÷८० करोड रकम खर्च गर्ने योजना रहेको मुख्यमन्त्रीका स्वकीय सचिब शिवसिंह ओलीले जानकारी दिए ।

Next Post

दम्भ देखाउन आवश्यक नभएको : मुख्यमन्त्री पोख्रेल

११ माघ २०७६, शनिबार १७:१३
सदरलाइनडटकम, बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताएका छन् । प्रेस संगठन नेपाल, प्रदेश ५ को प्रथम भेलालाई शनिवार बुटवलमा संवोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् । प्रदेशको चलिरहेको हिउँदे अधिवेशनमा यो विषयले टुंगो लाग्ने बताउँदै उनले कलमको माध्यमबाट […]

सम्बन्धित