नेपालगञ्ज विमानस्थलमा ‘सहायता स्थल’ स्थापना

  
  प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६       | 118 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको राँझास्थितनेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको मानवीय सहायता स्थलको उद्घाटन गरिएको छ । प्रदेश नं. ५ अन्तर्गत बाँके र बर्दियालाई लक्षित गरि निर्माण गरीएको उक्त सहयता स्थलको गृह सचिब प्रेम कुमार राइ र नेपालकालागि बेलायती राजदुत मिकोला पोलिटले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बेल्दै बेलायती राजदुत मिकोलाले नेपाल बिपदको उच्च जोखिममा रहेको हँुदा यस्ता बिपदस्थलले यस क्षेत्रको विपद ब्यवस्थापनमा सहयोगी भुमिका खेल्ने बताए । बिगतमा कर्णाली, बबई, राप्ती र भेरी नदिमा आएको बाढिका कारण धरै जनधनको क्षति भएको तर्फ ईगित गर्दै मिकोलाले विमानस्थलमा स्थापना गरिएको सहायता स्थल धेरै महत्वपुर्ण रहेको जिकिर गरे ।
काठमाण्डौ, धनगढिपछि स्थापना भएको सहायता स्थल नेपालगञ्जमा तेस्रो रहेको गृह सचिव प्रेम कुमार राईले बताए । सात वटै प्रदेश र सबै दुर्गम बिमानस्थल रहेको ठाउमा गरि १२ वटा सहायता स्थल निर्माण गर्ने योजना रहेको राईले जनाए ।
राईले सहायता स्थल निर्माण भएपनि कर्मचारी ब्यबस्थापनमा समस्या रहेको हुदा यथासिघ्र सबै ठाँउमा कर्मचारी ब्यबस्थापन प्रक्रिया अगाडी बढाईने बताए । सबै स्थानिय तहहरु प्रत्यक्ष जोडिने भएको हुदा सबै तहरुले यस स्थलको उपयोग गर्न सक्ने राईले स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बाँके जिल्ला बिपदको जोखिममा रहेको हुदा मानबिय सहायता स्थल निर्माण पश्चात केहि सहजता पक्कै आउने भन्दै स्थापन गर्न मुख्य भुमिका खेल्ने नेपाल सरकार र बिभिन्न संघ संस्थालाई धन्यवादसमेत दिएका थिए ।

प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६     6:16:58 PM  |