कोहलपुरको बिभिएम स्कुलमा निःशूल्क स्वास्थ्य शिविर

  
  प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६       | 167 Views   ||

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको बिभिएम.सेकेन्डरी स्कुलमा माघ १० गते शुक्रबार निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

नेपालगन्जको कृष्ण मेडिकल हलको आयोजनामा हुने निःशूल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पुरा भएको सो शिविरका संयोजक उत्सव मगरले जानकारी दिए ।

सो शिविरमा प्रसुती तथा महिलाहरुमा हुने विभिन्न खाले संक्रमण (छाति, मुटु, टाउको, नशा, थाइराइड, सुगर) लगायतको निःशूल्क चेकजाँच गरिने संयोजक मगरले बताए ।

शिविरमा भेरी अस्पताल नेपालगञ्जमा कार्यरत प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा.नबिन बुढाथोकी, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कन्सलटेन्टफिजिसियन डा.शकर केसीलगायतले स्वास्थ्य परिक्षण गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६     2:47:58 PM  |