पत्रकार श्रेष्ठलाई पित्रृ शोक

  
  प्रकाशित मितिः बुधबार, माघ ८, २०७६       | 126 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य प्रज्वल श्रेष्ठलाई पितृशोक परेको छ । उनका पिता उत्तरकुमार श्रेष्ठको ८३ बर्षको उमेरमा निधन भएको हो ।

समाज सेवामा सकृय रहेका मृतक श्रेष्ठको मङ्गलवार अपरान्ह नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उनका ४ छोरा मध्ये पत्रकार प्रज्वल श्रेष्ठ कान्छा छोरा हुन ।

मृतक श्रेष्ठको राप्ती नदीको सिद्धनिया घाटमा बुधबार हिन्दू परम्परा अनुसार अन्तिम सस्कार सम्पन्न भएको छ । यसैबीच पत्रकार महासंघ बाँके शाखाले शोक विज्ञप्ती जारी गर्दै दुख जनाएको छ ।

प्रकाशित मितिः बुधबार, माघ ८, २०७६     5:24:03 PM  |