मेयरले गरे अत्याधुनिक शौचालयको उद्घाटन

६ माघ २०७६, सोमबार १७:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा अत्याधुनिक स्वचालित शौचालय सोमवारदेखि सञ्चालनमा आएको छ । नेपालगञ्ज १ धम्बोझीमा संगीतमय स्वचालित शौचालयको उद्घाटन गर्दै मेयर डा. धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धी नभएकोले यसको सहि सुदपयोगमा जोड दिएका छन् । शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण हुने भन्दै मेयर राणाले सबैको साथ आवश्यक भएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण ईञ्जिनियर प्रकाश डिसीका अनुसार एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत ४६ लाख ३६ हजारको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो ।
नेदरल्याण्ड विकास नियोगले ८१ लाख १६ हजारमा निर्माण गरेका तीनवटा सुलभ शौचालय उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । कार्यक्रममा नेपालगञ्ज १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल, सुशासन समितिका संयोजक नरबहादुर विष्टलगायतको सहभागित थियो ।

Next Post

दोस्रो मेयर रनिङ शिल्ड खजुरामा सम्पन्न

६ माघ २०७६, सोमबार १७:४२
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरास्थित अमर मावि गौतमबस्तीको खेलमैदानमा सञ्चालित दोस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मावितर्फ ज्ञानोदयन नमूना माविले फेरी शिल्ड उचालेको छ । अरुणोदय मावि द्वितिय र दीपक बोर्डिङ स्कूल तृतीय भएका छन् । आधारभूत (६–८) तर्फ मनकामना आधारभूत विद्यालय बलभ्रदपुर प्रथम, […]