कोहलपुर महोत्सवको अवधि थपियो

५ माघ २०७६, आईतवार १६:४५
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी महोत्सवको अवधि थपिएको छ । माघ ५ गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव प्रतिकुल मौसमका कारण २ दिन थप गरिएको महोत्सव सञ्चालक मुल समारोह समितिका संयोजक हेम बिक्रम जिसीले जानकारी दिए ।
लगातारको वर्षाका कारण गत शुक्रवार (माघ ३ गते) एक दिन महोत्सव स्थगित गरिएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको आयोजनामा पौष २४ गतेदेखि कोहलपुरस्थित खुल्ला मैदानमा तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव २०७६ सञ्चालन भईरहेको छ ।
दर्शक र ब्यापारीहरुको मागका कारण महोत्सव थप गरिएको आयोजकले जनाएको छ । स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालय बाँकेबाट महोत्सव अवधि थपकालागि अनुमती प्राप्त भएसँगै आगामी माघ ८ गतेसम्म महोत्सवको समयसीमा थपिएको जिसीले जानकारी दिए ।
करीब डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा ब्यापारिक स्टलका साथै साँस्कृतिक तथा थारु संग्राहलयको समेत ब्यवस्था मिलाईएको छ । महोत्सव आगामी माघ ८ गते समापन हुने आयोजकले जनाएको छ ।


Next Post

जेष्ठ नागरिकको स्वास्थ्यबारे संवेदनशीलता आवश्यक

५ माघ २०७६, आईतवार १६:४५
सदरलाइनडटकम, लक्ष्मी तिमिल्सेना/नेपालगञ्ज : ८४ वर्षभन्दा माथिका जेष्ठ नागरिकको स्वास्थ्यबारे सबै संवेदनशील भएर लाग्नुपर्ने बाँकेका सरोकारवालाहरुले बताएका छन् । नेपालगञ्जमा आईतवार गरिएको जेष्ठ नागरिकहरुलाई घरघरमा स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जिल्लामा ८४ वर्ष माथिको उमेर समूहको जनसंख्या ५ […]