सद्भाव कलर हाउसद्वारा विक्रीवितरण शुरु

  
  प्रकाशित मितिः शनिबार, माघ ४, २०७६       | 252 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : करीब एक करोड लागतमा नेपालगञ्जमा सद्भाव कलर हाउसले आफ्नो औपचारिक विक्रीवितरण शुरु गरेको छ । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको एक कार्यक्रमका बीच उद्घाटन भएको हो । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिवन काटेर औपचारिक उद्घाटन गरेका हुन् ।
अध्यक्ष बैश्यले उद्योग वाणिज्य संघको चुनावी सरगर्मी चलिरहेको बेला ब्यापार ब्यवसायमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यका साथ खोलिएको सद्भाव कलर हाउसको सफलताको शुभकामना दिए ।
नेपालगञ्ज उपमहानगरपालिका कारकाँदो चोकमा रहेको सद्भाव कलर हाउसको उद्घाटनमा नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका प्रत्यासी अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियार तथा समाबेसी उद्योगी व्यवसायी समुहका प्रत्याशी अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नालगायतको सहभागिता रहेको थियो ।


उद्योग वाणिज्यसंघको निर्वाचनकै बेला सद्भाव कलर हाउसको औपचारिक उद्घाटन गरिएकोमा उनीहरुले खुशी ब्यक्त गर्दै ब्यापारको सफलताको शुभकामनासमेत दिएका थिए । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसले बाँकेसहित बर्दिया, सुर्खेत, दाङ लगायतको क्षेत्रमा विक्रिवितरण गर्ने सद्भाव कलर हाउसका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । प्रबन्ध निर्देशक बिष्णु ओलीका अनुसार एक करोड लागतमा सद्भाव कलर हाउस सञ्चालनमा आएको हो ।

प्रकाशित मितिः शनिबार, माघ ४, २०७६     5:55:37 PM  |
error: Content is protected !!