चीनमा देखिएको नयाँ भाइरसका संक्रमित बढ्दै

  
  प्रकाशित मितिः शनिबार, माघ ४, २०७६       | 109 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नयाँ भाइरसबाट पीडित हुनेको संख्या ४१ रहेको बताइएपनि बेलायती वैज्ञानिकहरुले एक हजार सातसय भन्दा बढी संक्रमित रहेको आशंका गरेका छन् । गत डिसेम्बरमा चीनको वुहान शहरमा देखा परेको भाइरसबाट दुई जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो पटक गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षिय वृद्धाको मृत्यु भएको बताइएको छ । नयाँ रोगको भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएपछि चीनले विानस्थलमा जाँचमा कडाइ गरेको बीबीसीले जनाएको छ ।
वुहानको अन्तर्राष्ट्रिय विमानस्थलबाट अत्याधिक मासिनले यात्रा गर्ने भएकाले संक्रमणप्रति सचेत रहेको अधिकारीहरुले जनानएका छन् । नयाँ वर्ष मनाउनका लागि आगामी हप्ता चीन र अरु एशियाली मुलुकबाट लाखौं मानिसको चहलपहल हुने भएकाले संक्रमण थप फैलन सक्ने आशंका गरिएको छ ।
वुहानको भ्रमण गरेर स्वदेश फर्किका आफ्ना केही नागरिकमा उक्त भाइरसको संक्रमण देखिएको थाइल्याण्ड र जापानले दावी गरेका छन् । चिकित्सकको टोलीले भाइरसको बारेमा अध्ययन जारी रहेको चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सी फूड बिक्री हुने बजारबाट उक्त भाइरसको संक्रमण फैलिएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

प्रकाशित मितिः शनिबार, माघ ४, २०७६     4:27:00 PM  |