प्रहरीप्रतिको विश्वासका कारण मुद्धाको चाप बढ्यो : प्रहरी उपरीक्षक ओली

३ माघ २०७६, शुक्रबार १८:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समयमा मुद्धा दर्ता गर्ने क्रम बढेको जनाएको छ । बढ्दो जनचेतनाको कारण गाउँ घरमै दवाएर राख्ने गरेका अपराधिक गतिविधिहरु प्रहरी समक्ष आउन थालेकोले पनि प्रहरीमा मुद्धाको चाप बढेको हो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको अर्धबार्षिक गतिविधिलाई समीक्षा गर्दै आयोजित पत्रकार सम्मेलनमा पाँच वर्षिय अपराध तालिका सार्वजनिक गर्दै पछिल्लो समय नागरिक सचेतना तथा प्रहरीप्रतिको विश्वासको कारणले मुद्धा दर्ता गर्ने क्रम बढेको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक बीरबहादुर ओलीले आमनागरिकमा प्रहरीप्रतिको विश्वास बढेको कारण मुद्दाको चाप बढेको जिकिर गर्दै भने–‘हिजोसम्म प्रहरी समक्ष आउन हिच्किचाउनेहरु आज न्याय प्राप्तिका लागि सहजै प्रहरी कार्यालय आउने र मुद्धा दर्ता गर्ने गरेका छन् । यो अपराध रहित समाज निर्माणको लागि राम्रो पक्ष हो ।’
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पाँच वर्षिय अपराध तालिकाले पनि विगतका वर्षभन्दा चालु आर्थिक वर्षमा ११ प्रतिशतले अपराधिक गतिविधि बढेको देखाएको छ ।
प्रहरीले आर्थिक वर्ष २०७१ देखि २०७५ सम्म विभिन्न ६१ वटा शिर्षकमा दर्ता भएका अपराधको तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक तालिका अनुसार ०७०÷७१ मा ७ सय ३८, ०७१÷७२ मा ७ सय ३५, ०७२÷७३ मा ८ सय ५५, ०७३÷७४ मा १ हजार २१ र ०७४÷७५ मा १ हजार १ सय ५६ वटा मुद्दा दर्ता भएका छन ।
दर्ता भएका मुद्धा मध्ये सबैभन्दा बढि लागु औषधमा २ सय ४९, सार्वजनिक शान्तिविरुद्धको कसुरमा १ सय ४९ र बैंकिङ कसुरमा १ सय २२ जना रहेका छन ।
त्यसैगरी चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६ सय २३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्धा फच्र्याैट भएको र बाँकी ५४ वटा मुद्धा अनुसन्धानको क्रममा रहेको छन् ।
प्रहरी उपरीक्षक ओलीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा विभिन्न मुद्धामा ८ सय ६ जना पक्राउ परेका छन । यस अवधिमा ज्यान मार्ने उद्योग अन्तर्गत १८, कर्तब्य ज्यान मुद्धामा ६, लागु औषध मुद्धामा १ सय ८, जवरजस्ती करणीमा २७, जवरजस्ती करणी उद्योगमा ७, बैंकिंङ कसुरमा ६ र हातहतीयार खजानामा ४ जना बिरुद्ध मुद्धा दर्ता गरीएको छ ।
त्यसैगरी आर्थिक वर्ष ०७६÷०७७ को पौष महिनासम्म १२ हजार ६ सय ५० सवारी साधन कारवाहीमा परेका छन । कारवाहीमा परेका सवारी साधन तथा सवारी धनीबाट यस अवधिमा ६९ लाख ९ हजार राजश्व संकलन गरीएको प्रहरी प्रमुख ओलीले जानकारी दिए । गत वर्ष ३० हजार ५ सय ६२ सवारी साधनबाट १ करोड ६७ लाख ७८ हजार पाँच सय राजश्व संकलन भएको थियो ।
उनले अपराध रहित समाज निर्माणको लागि नागरिक प्रहरीको हातेमालोबाट मात्र संभव हुने भएको भन्दै विभिन्न स्तरमा समिति उपसमिति निर्माण गरेर अपराध निर्मूल पार्न आफु कटिबद्ध भएको र मातहतमा पनि सोही अनुसार निर्देशन भएको स्पष्ट पारे ।

Next Post

गोजुरीयो प्रतियोगिता कोहलपुरमा हुने

३ माघ २०७६, शुक्रबार १८:५२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा राष्ट्रियस्तरको गोजुरीयो कराँते डो प्रतियोगिता हुने भएको छ । राष्ट्रिय गोजुरीयो कराँते डो महासंघ, ५ नं. प्रदेश समितिको आयोजनामा आगामी फागुन २४ र २५ गते प्रतियोगिता सञ्चालन गरिने भएको हो । कोहलपुर नगरपालिका वडा नं. ३ स्थित वागेश्वरी ईमि स्कुलको प्राङ्गणमा आयोजना गर्न लागिएको […]