व्यापार युद्धलाई खुकुलो बनाउन अमेरिका–चीनबीच सहमति

२ माघ २०७६, बिहीबार १७:३४
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिका र चीनले व्यापार युद्धलाई केही खुकुलो बनाउने उद्देश्यसहित एक सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापछि वासिङ्टनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि परिवर्तनकारी भएको बताए । उनले नयाँ सम्झौताले अमेरिका र चीनबीच अझ बलियो सम्बन्ध स्थापना गर्ने अवसर उपलब्ध गराएको उल्लेख गरे ।
चिनियाँ उपप्रधानमन्त्री लिउ हेले सबैको जित हुने सम्झौता भन्दै यसबाट दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन सहयोग पुर्याउन सक्ने बताए । सम्झौता समानता र आपसी सम्मानको सिद्धान्तमा आधारित रहेको उनको भनाई थियो । चीनले अमेरिकाबाट गरिने आयातलाई सन् २०१७ भन्दा २०० अर्ब डलर बराबर हुनेगरी बढाउने र बौद्धिक सम्पत्ति अधिकारका नियमहरूमा कडाइ गरिने प्रतिबद्धता जनाएको छ ।
बदलामा अमेरिकाले चिनियाँ उत्पादनहरूमा लगाएको केही नयाँ करहरूलाई आधाले घटाउन सहमति जनाएको छ । तर, सम्झौतामा धेरैजसो सीमासँग सम्बन्धित करहरू भने कायमै छन् । सन् २०१८ देखि अमेरिका र चीनबीच व्यापारिक उत्पादनहरूमा कर लगाउने द्वन्द्व चल्दा ४५० अर्ब डलरभन्दा बढीको व्यापारिक उत्पादनमा थप निर्यात कर लगाइएको छ ।
दुई मुलुकको व्यापारिक द्वन्द्वले व्यापारिक कारोबारमा अवरोध खडा गर्नुका साथै विश्वव्यापी आर्थिक वृद्धिलाई नै सुस्त तुल्याइदिएको छ । (एजेन्सी)

Next Post

अभियुक्तलाई फाँसी नदिन अदालतको आदेश

२ माघ २०७६, बिहीबार १७:३४
सदरलाइनडटकम, काठमाण्डौ : दिल्लीको पटियाला हाउस कोर्टले निर्भया सामूहिक बलात्कारका दोषीलाई सुनाइएको मृत्युदण्डको सजायमाथि ‘स्टे अर्डर’ जारी गरेको छ । अदालतको उक्त आदेशपछि सामूहिक बलात्कारका ४ जना दोषीले यही जनवरी २२ तारेखमा फाँसी नपाउने भएका छन् । पटियाला हाउस कोर्टले निर्भया केसका एक अभियुक्त मुकेश सिंहको याचिकामाथि सुनवाई गर्ने क्रममा […]

सम्बन्धित