डोजरको ठक्करबाट दाङमा बृद्धको मृत्यु

२ माघ २०७६, बिहीबार १७:२४
 

सदरलाइनडटकम,
दाङ : डोजरले ठक्कर दिँदा दाङमा एक बृद्धको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिकाको पेदीखोलाबाट शान्तीनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्वरको डोजरले बुधवार राती साढे नौ बजे सोही गाउँपालिका १ का ६६ बर्षीय लालबहादुर थापालाई ठक्कर दिएको थियो ।
डोजरले ठक्कर दिँदा टाउको र दाहिने हातमा गम्भीर चोट लागेका थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Next Post

व्यापार युद्धलाई खुकुलो बनाउन अमेरिका–चीनबीच सहमति

२ माघ २०७६, बिहीबार १७:२४
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिका र चीनले व्यापार युद्धलाई केही खुकुलो बनाउने उद्देश्यसहित एक सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापछि वासिङ्टनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि परिवर्तनकारी भएको बताए । उनले नयाँ सम्झौताले अमेरिका र चीनबीच अझ बलियो सम्बन्ध स्थापना गर्ने अवसर उपलब्ध गराएको उल्लेख गरे […]

सम्बन्धित