पाकिस्तान नियन्त्रित काश्मीरमा ६२ जनाको मृत्यु

१ माघ २०७६, बुधबार १८:२२
 

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तान नियन्त्रित काश्मीर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परेर ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अन्य ५३ जना घाइते भएको र २८ जना हराइरहेको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार कुल ५८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन् । देशको निलम उपत्यकामा सबैभन्दा धेरै हिमपात र वर्षाको असर परेको छ ।
त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् । हराइरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए ।
उनले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने पनि बताए । काश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएको उनको भनाइ छ । वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कैयौँ मानिस विभिन्न ठाउँहरुमा फसेको जनाइएको छ । उक्त क्षेत्रमा विगतमा पनि बेला बेलामा प्राकृतिक विपद् आइपरिरहने भएपनि यसपटकको विपद् निकै घातक भएको छ ।
खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको भृत्यु भएको र छिमेकी मुलुक भारत, अफगानिस्तानलगायतका देशहरुमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ । (एजेन्सी)

Next Post

‘विपद् व्यवस्थापनमा सबैको सहयोग आवश्यक’

१ माघ २०७६, बुधबार १८:२२
सदरलाइनडटकम, बुटवल : प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापनलाई प्रभावकारीरुपमा अघि बढाउन सिंगो समाज तयार हुनुपर्ने बताए । विगतमा भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभवबाट जोखिम न्यूनिकरणको दिशामा सरकार अघि बढिरहेको भन्दै उनले विपद् व्यवस्थापनलाई प्रभावकारीरुपमा अघि बढाउन सबै लाग्नुपर्ने बताए । २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा […]