कोहलपुरका वडाध्यक्ष खड्काको शव भेटियो

  
  प्रकाशित मितिः बुधबार, माघ १, २०७६       | 711 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्षको शव छिमेकी देश भारतको बहराइचस्थित शंकर होटलमा फेला परेको छ । वडाध्यक्ष कृष्णबहादुर खड्काको शव बहराइचमा फेला परेको जानकारी आएको बाँके प्रहरीको भनाई छ ।
उनको हत्या भए नभएबारे नेपाल प्रहरीले पनि अनुसन्धान गर्ने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए । वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भईरहेको नगपालिकाका सल्लाहकार कुलबहादुर भट्टराईले जानकारी दिए ।
उनको शव नेपाल ल्याउका लागि नेकपा बाँकेका सचिव अशोक कोईरालाको नेतृत्वमा नेता र परिवारका सदस्य भारत गएका छन् । भट्टराईले वडाध्यक्ष खड्का मंगलवारको नगरसभामा समेत उपस्थित नभएको जानकारी दिए ।
उनी कसरी बहराइच पुगे भन्नेबारे प्रहरीले भारतीय प्रहरीको सहयोगमा अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक वलीले बताए । मृतक खड्काका तीन छोरी र तीन छारो रहेको नेकपाका नेता बसन्ती अधिकारीले बताइन् ।

प्रकाशित मितिः बुधबार, माघ १, २०७६     4:44:55 PM  |