भारतबाट फर्किनेलाई लक्षित गरी जमुनाहमा ‘हल्टेज स्पेस’ स्थापनासँगै तयारी खाना र मनोसामाजिक विमर्श सुरु बाँकेमा थपिए ४२ जना कोरोना संक्रमित जमुनहा नाकामा निःशुल्क खाना वितरण ‘निसर्ग’का कारण देशभर बदलीसँगै वर्षाको सम्भावना बार अनुसार पसल खुले पनि हिँडडुलमा कडाई क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु उद्योगी, व्यवसायीद्वारा नेपालगञ्जमा प्रदर्शन लकडाउन खुकुलो पार्दै बार अनुसार पसल खोल्न पाउने प्रशासनको निर्णय थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो आध्यात्मिक गुरु श्रीश्री रविशंकरले नेपालका पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीसँग भर्चुअल अन्तरक्रिया गर्दै

भेरीमा हेमोडायलासिसका दुई वर्ष

  
  प्रकाशित मितिः मङ्लबार, पुस २९, २०७६       | 322 Views   ||

सदरलाइन / रुद्र सुवेदी,
नेपालगन्ज :  नेपालगन्जको भेरी अस्पतालको हेमोडायलासिस युनिटमा विरामीको चाप अनुसारको डायलासिस मेसिन नहुुँदा उपचारमा कठिनाई भएको छ । डायलासिस मेसिनको अभावमा विरामीको चाप हुँदा पनि सेवा दिन नसकिएको अस्पतालको हेमोडायलासिस युनिटले जनाएको छ ।
भेरी अस्पतालले आफुसंग भएका सिमित साधन स्रोतलाई उपयोग गर्दै एक सिफ्टमा २ जना विरामीलाई सेवा दिदै सातामा १३ जनाले डायलासिस सेवा पाएको अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा. पारश श्रेष्ठले जानकारी दिए ।
उनले अस्पतालमा डायलासिसको लागि आउने विरामीको चाप अधिक भएको बताउदै हाल १७ जना पालो पर्खेर बसेको जानकारी दिए । मेसिनको संख्यासंगै केही थप जनशक्ति र युनिट सञ्चालनको लागि आवश्यक पूर्वाधार बढाउन आवश्यक रहेको उनको भनाई छ । पालो पर्खेर बसेका विरामीले डायलासिसको लागि अनेत्र पनि जान नसक्ने अवस्थाका रहेका छन ।
मृगौला रोगबाट ग्रसित व्यक्तिका लागि नेपालगन्जस्थित तत्कालिन भेरी अञ्चल अस्पतालमा पहिलो पटक २०७४ पुस १२ गतेदेखि निःशुल्क डायलासिस सेवाको थालनी भएको थियो । स्वास्थ्य मन्त्रालयले नयाँ चारवटा मेसिन र चिकित्सकका लागि तालिमको व्यवस्था गरेपछि भेरीमा सो सेवा विस्तार गरिएको हो । यसअघि करिब एक दशक पहिला ल्याइएका मेसिन विशेषज्ञ चिकित्सक अभावमा काठमाडौं फिर्ता पठाइएको थियो ।
दुई वर्ष अघि चारवटा मेसिनबाट हेमोडायलासिस युनिट सुरु गरेको केही महिना नपुग्दै दुईवटा मेसिन पुनः मर्मत नहुने गरी विग्रीएर थन्किए पछि २ वटा मेसिनले मात्र सेवा दिए पनि लामो समयदेखि डायलासिसको लागि पालो पर्खेर बस्नेको संख्या डेढ दर्जन पुगेको हो ।
‘अहिले दुई मेसिनबाट सेवा दिदै आएका छौ । कुनै मेसिन एक्कासी खराब भयो भने समस्यानै उत्पनन हुन्छ । त्यसैले थप मेसिनको आवश्यकता छ ’–डा पारसले भने । दुई बर्षअघि नयाँ मेसिन र तालिम प्राप्त भएपछि भेरी सो सेवा थालनी गरेको अस्पतालका हेमो डाईलोसिस युनिटका डा. श्रेष्ठ बताउँछन् ।
अस्पतालका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दको सक्रियता र प्रयासले सो सेवाको थालनी भएको थियो । सेवाथालनीसँगै भेरीमा पहिलो पटक शुभम् गुप्ताको डायलासिस भएको अस्पतालको रेकर्डमा उल्लेख छ ।
तत्कालिन अवस्थामा अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा श्रेष्ठले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट दुई महिनाको तालिम लिएर आएका थिए । उनीसहित अस्पतालमा कार्यरत तीन नर्सहरूलाई तीन महिनाको र प्राविधिकलाई दुई महिनाको तालिम दिइएको थियो ।
भेरीमा उपचारको लागि आउने विरामी र उनका आफन्तले अस्पतालमा मेसिनको संख्या बढाउनु पर्ने, दक्ष जनशक्ति थप गर्नुपर्ने, डायलासिसको विरामी र उनका कुरुवाको लागि युनिट नजिकै शौचालयको व्यवस्था गर्नुपर्ने जस्ता माग राखेका छन् ।
आफ्नो परिवारको डायालासिसको लागि आएका बाँके खजुरा गाउपालिका–१ बेलडाँडाका राजन केसीले हुने खानेले बाहिर पनि उपचार गराउन सक्ने भएकोले डायलासिसको लागि पालो कुरेका बिरामीहरु गरिब निमुखा भएको कारण डायलासिस मेसिन थपेर सेवा दिनुपर्ने माग गरे । उनले भने–‘ मेसिन बिग्रियो भने आफुहरु जस्ताको बिचल्ली हुने छ । मेरो परिवारको दुई वर्षदेखि यही डाईलोसिस गराउदै आएको छु ।’
भेरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुपानन्द अधिकारीले अस्पतालमा निशुल्क हेमोडायलासिस युनिट सञ्चालन गरिएको जानकारी दिदै दुई मेसिन विग्रीएर समस्या आएपछि मेसिन थप गर्नको लागि आवश्यक पहल भई रहेको जानकारी दिए । अस्पतालको स्तरोन्नती गर्दै सेवा विस्तारको क्रममा रहेको भेरी अस्पताल मध्य र सुदूरपश्चिम नेपालको अघोषित रेफरल सेन्टरको रुपमा रहेको अस्पतालमा हेमोडायलासिस युनिटमा उपचारको लागि डायलासिस मेसिन, दक्ष जनशक्ति र युनिट सञ्चालनको लागि आवश्यक स्पेस सहितको कोठा थप गर्नै पर्ने अवस्था आएको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस २९, २०७६     8:22:50 PM  |
error: Content is protected !!