काजु एक फाइदा अनेक

२८ पुष २०७६, सोमबार १४:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : काजु एक महंगो ड्राइ फुडको रुपमा चिनिन्छ । नेपाली समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्ति काजु खान सक्दैनन् भन्ने गरिन्छ । महंगो भएजस्तै काजुका अनगिन्ती फाइदा छन् ।
काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ । काजु खानाले अनुहार राम्रो हुने र स्मरण शक्ति बलियो हुन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र लेप बनाएर अनुहारमा मालिस गर्ने हो भने अनुहार चम्किलो हुन्छ ।
काजुमा पाइने तरलमा भिटामिन बी को मात्रा धेरै हुन्छ । जसले दिमाग तेजिलो बनाउँछ ।
काजु खानाले शरीरमा युरिक एसिड बढ्दैन् । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन् । तर काजु एक यस्तो ड्राइ फुडमा पर्छ जो कसैले पनि खान उपयोग छ । काजुमा पोटासियमको मात्रा बढी हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ ।
काजुमा सोडियमको मात्रा कम हुन्छ । यसमा कार्बोहाइड्रट, प्रोटिन, आइरन, जिंक, कपर र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । जसले हड्डी तथा दाँतलाई बलियो बनाउँछ ।
बिहानको समयमा हरेक दिन काजु खाने हो भने उच्च रक्तचाप बाट बच्न सकिन्छ । यसका साथै शरीरमा अन्य सकारात्मक परिवर्तनहरु हुन्छ ।
यस्ता छन् नियमित काजु खानुका केही फाइदाहरु
–दिमागलाई तेज तथा स्मरण शक्ति बढाउँछ ।
–छालामा चमक दिने काम गर्छ ।
– निराशा र थकान मुक्त गराउछ ।
–मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण गर्छ ।
–मुटु बलियो बनाउछ ।
–शरीरलाई आवश्यक पोषण प्रदान गर्छ ।
–डर लाग्ने र मुटुसम्बन्धी अन्य रोग नियन्त्रण गर्छ ।
नियमित औषधि सेवन गर्ने ब्यक्तिहरुका हकमा भने चिकित्सकको सल्लाह अनुसार मात्र सेवन गर्न सुझाव छ ।

Next Post

स्वास्थ्य क्षेत्रमा आपतकालिन अवस्थामा जोखिको सञ्चारबारे सुझाव संकलन कार्यशाला सम्पन्न

२८ पुष २०७६, सोमबार १४:२७
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा आपतकालिन अवस्थामा जोखिम सञ्चार बारे रणनितिक कार्ययोजना निमार्ण गर्न आयोजित दुईदिने कार्यशाला नेपालगञ्जमा सम्पन्न भएको छ । विपदको बेलामा स्वास्थ्य संस्थाहरुबाट जोखिम अवस्थामा सूचना प्रवाह, अधिकारिकता तथा सञ्चार व्यवस्थापनका लागि उक्त कार्ययोजना तयार गर्र्ने पूर्वसन्यामा सो बारेमा सुझाव संकलन गर्न नेपालगन्जमा दुई दिने […]