नेपालगञ्ज कारागारमा ‘सेटिङ्ग’मा चौकिदार बनाईदै

२७ पुष २०७६, आईतवार १५:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज कारागारमा लामो समयदेखि चौकिदार चयन हुन सकेको छैन । तत्कालिन चौकिदार भरत फडेरालाई आर्थिक अनियमितताको आरोप लागेर अन्य कारागार सरुवा भएपछि नयाँ चौकिदार चयन हुन नसकेको हो ।
कारागारमा रहेका बन्दी र थुनुवाले तत्कालिन जेलर भरतराज पाण्डे र चौकिदार फडेराको मिलेमतोमा कैदीबन्दी र थुनुवामाथि चरम आर्थिक शोषण गरेको आरोप लगाउदै कारागार भित्रैबाट आन्दोलन सुरु भएपछि उनीहरु दुबैलाई अनेत्र सरुवा गरिएको थियो ।
कारागारमा रहेका कैदीबन्दीहरुबाटै कारागारको आन्तरिक प्रशासन चलाउनको लागि नाईके, सहायक चौकीदार, चौकिदार नियुक्त गर्ने र यसरी नियुक्त भएका चौकिदार र सहायक चौकिदारले एक वर्षमात्र काम गर्न पाउने गृह मन्त्रालयको निर्देशन भए पनि नेपालगञ्ज कारागारमा भने यस्तो हुनसकेको छैन ।
आर्थिक वर्ष २०७२/०७३ मा नेपालगञ्ज कारागारको चौकिदार पवन अधिकारी रहदा सहायक चौकिदार चुन्नान जसगढ त्यसपछि नियमित रुपमै चौकिदार र सहायक चौकिदार हुँदै आएका छन् ।
फडेरा चौकिदार हुँदा सहायक चौकिदार भएका उनीले तलदेखि माथिसम्म सेटिङ्ग गरेरै सधै पावरमा रहने गरेको कारागार स्रोतले जनाएको छ । २०७३/७४ मा चौकिदार, २०७५/०७६ मा सहायक चौकीदार, २०७६/०७७ मा पनि सहायक चौकिदार रहेका उनीलाई नै सेटिङ्गको आधारमा चौकिदार बनाउन लागेपछि कारागार भित्र पुन बिरोध हुने तयारी रहेको जानकारीमा आएको छ ।
कारगारमा बिबादको विषय बन्ने गरेको छ त्यहाँ सञ्चालनमा रहेका पसलहरु, फोन सेवाबाट हुने आम्दानी तत्कालिन जेलर पाण्डे र चौकिदार फडेराले कारागारमा रहेका पसलहरु र फोन सेवाबाट मनपर्दी रकम असुलेको भन्दै बिरोध भएपछि उनीहरुलाई अनेत्र सरुवा गरिएको थियो ।
‘हिजो फडेरा हुँदा जे चलेको थियो अहिले पनि त्यस्तै अवस्थामा चलाउनको लागि कारागार प्रशासनले दबाब दिएर चुन्नानलाई नै चौकिदार बनाउन प्रयास भएको छ । हामीले खुलेर बिरोध गर्न थाल्दा अपायक सरुवा गर्ने धम्की आएको छ’– एक बन्दीले भने ।
चुन्नानलाई कारागार प्रशासनको सहयोग भएको कारणले गत कात्तिकदेखि हालसम्मको रकमको कुनै हिसाव किताब गर्न नमानेको र उठेको रकम सेटिङ्ग मिलाउन खर्चेको उनीहरुको दाबी छ ।
ती बन्दीले गत मंसिर ७ गते राती १ ग्राम ब्राउन सुगरसहित दिनेश साहु, बिसराम चन्द र अंकित शर्मालाई नियन्त्रणमा लिएर कारागार प्रशासनलाई बुझाउदा पनि चुन्नान लगायतको मदतले केस गुपचुप पारीएको खुलासा गरे ।
कारागार प्रमुख जिल्ला अधिकारीको मातहत रहने भएपनि कारागारका कर्मचारीले कारागार भित्रका अबैध गतिविधिका बारेमा प्रमुख जिल्ला अधिकारीलाई समेत गुमराहमा राखेको उनीहरुको दाबी छ ।

Next Post

बाँके र बर्दियालाई मिसाउन कर्णाली तयार

२७ पुष २०७६, आईतवार १५:४४
सदरलाइनडटकम, खजुरा (बाँके) : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने बताएका छन् । स्वास्थ्य उपचारका लागि आईतवार नेपालगञ्ज आएका शाहीले उद्योगी, व्यवसायीसंगको भेटघाटमा यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहीले बाँके र बर्दिया कर्णालीमै रहनुपर्नेमा त्यहाँ सबै राजनीतिक शक्ति एकजुट […]